Author: admin
काठमाडौँ, ११ माघ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गत १ माघ देखि रोकिएको स्वास्थ्य बीमा कार्यक्रम पुन सूचारु गर्न सरकारी अधिकारीहरु कस्सिएका छन् । स्वास्थ्य बीमा बोर्डका नव नियुक्त कार्यकारी निर्देशक डा कृष्ण प्रसाद पौडेलको टोली आइतबार त्रिवि शिक्षण अस्पताल पुगेर त्यहाँका कार्यकारी निर्देशक प्राडा सुभास प्रसाद आचार्य र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणी गजुरेलसंग छलफल गरेको छ । छलफलका क्रममा स्वास्थ्य बीमाका नीतिगत सुधार, वैज्ञानिक दाबी मूल्यांकन प्रणालीको सुदृढीकरण, आपसी समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउँदै अस्पतालबाट उठाईएका बिषयहरुमा विज्ञहरूबीच थप परामर्स गरी यथासिघ्र स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको…
११ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा खेलेका तीन खेलमध्ये एक खेल मात्र जितेको नेपाली महिला क्रिकेट टोली अब प्रतियोगिताको निर्णायक मोडमा छ ।थाइल्यान्ड र नेदरल्यान्ड्ससँग भएका सुरुवाती दुई खेलमा हार बेहोरेपछि तेस्रो खेलमा जिम्बाबेमाथि जित निकालेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्दै छ । अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ । तर जितले मात्र पनि पर्याप्त नहुन सक्छ ।नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ ।…
क्यानडामाथि एक सय प्रतिशत कर लगाउने ट्रम्पको धम्की, स्वदेशी सामान प्रयोग गर्न प्रधानमन्त्रीको आव्हान
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई चीनसँगको व्यापार सम्झौता अघि नबढाउन चेतावनी दिएका छन् । व्यापार सम्झौता अघि बढाए क्यानडाबाट अमेरिकामा आउने सामाग्रीमा एक समय प्रतिशत कर लगाउने धम्की उनले दिएका छन् । जवाफमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले स्वदेशी सामान प्रयोग गर्न आव्हान गरेका छन् । ‘हामी क्यानडियन सामाग्री किन्ने छौं । हामी क्यानडालाई बनाउनेछौं,’ शनिबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रो अर्थतन्त्रलाई विदेशबाट चुनौती छ । क्यानेलीहरुले ध्यान दिनुपर्छ : हामी के कुरा नियन्त्रण गर्नसक्छौं ।’ यसअघि सामाजिक सञ्जालमा ट्रम्पले क्यानडाले चीनसँग सम्झौता गरेमा तत्कालै भन्सार शुल्क वृद्धि लागु हुने दाबी गरेका थिए । जबकी, क्यानडाले एक साताअघि नै चीनसँग व्यापार सम्झौता गरिसकेको छ । यस…
काठमाडौं । अभिनेत्री जसिता गुरुङले निर्देशक कृषा चौलागाईंको आगामी निर्देशकीय प्रोजेक्ट ‘पारस’ साइन गरेकी छन् । कृषाले शनिबार जसितालाई अनुबन्धित गरिएको जानकारी सामाजिक सञ्जालबाट दिएकी छन् । कृषा लेख्छिन्, ‘मायालु जसितासँग मेरो अर्को फिल्मको घोषणा गर्न पाउँदा खुसी र उत्साहित छु । उनीसँग कसलाई जोडी बाँध्नुपर्ला, मलाई भन्नुहोला । सुझावलाई स्वागत छ । पारस ।’ सुपरहिट फिल्म ‘जेरी अन टप’ पछि जसिताले यो फिल्म साइन गरेकी हुन् । कृषाले जसिता र टिमसँगको फोटो सेयर गर्दै कास्टिङबारे जानकारी गराएकी हुन् । यसअघि यो फिल्मको शीर्ष भूमिकामा निखिल उप्रेती पनि देखिने चर्चा थियो । यद्यपि, यसबारे औपचारिक घोषणा हुन बाँकी छ ।प्रेमकथामा…
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका उम्मेदवार बनाइएका बालेन्द्र शाह (बालेन) ले सार्वजनिक बहस अस्वीकार गरेका छन् । उनी झापा-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । भावी प्रधानमन्त्रीका उम्मेदवारहरूलाई आगामी नीति तथा कार्यक्रमबारे एउटै मञ्चमा राखेर सार्वजनिक बहस हुनुपर्ने माग भइरहेका बेला शाहले भने अस्वीकार गरेका हुन् । आइतबार बिहान एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू सार्वजनिक बहसका लागि तयार रहेको बताएका थिए । दुवैले झापा-५ बाटै उम्मेदवारी दिएका छन् । देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ भनी सार्वजनिक बहसमा उपस्थित हुन आफू…
११ माघ, काठमाडौं । नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङले अन्तर्राष्ट्रिय करातेमा अर्को इतिहास रचेकी छिन् । टर्किएमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिग २०२६ मा एरिकाले ऐतिहासिक प्रदर्शन गर्दै फाइनल पुगेकी हुन् । महिला ६८ केजीमाथी तौल समूहमा इंग्ल्याण्डकी राचेले वाल्टर्सलाई ४-१ ले पराजित गर्दै एरिका फाइनल पुगेकी हुन् । एरिकाले अब स्वर्ण पदकका लागि कजाखस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धा गर्नेछिन् । यो फाइनल जित्ने सके एरिकाले ऐतिहासिक उपलब्धि हासिल गर्नेछिन् । एरिकाले समूह चरणमा चिलीकी खेलाडी गोन्जालेज लाभिन जाभेइरालाई २-१ ले र चेक रिपब्लिककी खेलाडी हाकोभा अमालीलाई ५-३ ले पराजित गर्दा जापानी खेलाडी सुगिता सुमाइरेसँग २-२ को बराबरी खेलेकी…
पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ ११ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका…
‘ऋषि धमला जानीबुझी चटक देखाउँछन् कि अज्ञानतावश् ?’ संभवत् दुनियाँले सुल्झाउन नसक्ने गाँठी रहस्य हो यो । कहिले आँसु नआए पनि रोइदिन्छन्, कहिले मन गाँठो पारेरै फिस्स हाँसिदिन्छन्, कहिले सातो जाने गरी तर्सिन्छन् । तैपनि उनले आफ्नो पारा छाड्दैनन् । मान्छे हाँसेरै मरोस् कि जे सुकै गरोस्, उनी किस्ता–किस्तामा नयाँ खुराक लिएर हाजिर भइदिन्छन् । यस्तो खुराक, जसले नेपाली समाजलाई काउकुती लगाइरहन्छ । हँसाइरहन्छ । खुसी बढाउने डोपामाइनको ‘क्याप्सुल’ जस्तै छन् उनी । यस्तो लाग्छ, ‘ट्रोल’ शब्द उनकै पेवापात हो । इन्टरनेट क्रान्तिपछि कुनै यस्तो समयावधि बाँकी छैन, जहाँ ऋषि धमला हाँसोको पात्र नबनेका हुन् । उसो त ‘ट्रोल’ शब्द…
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
