Author: admin
काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्माले गत साता ‘प्रमिस रिङ’ लगाएको फोटो सेयर गर्दै आफू प्रेम सम्बन्धमा रहेको घोषणा गरिन् । त्यतिबेला उनले प्रेमीलाई गुपचुप राखेर फ्यानलाई सरप्राइज दिएकी थिइन् । उनको रहस्यमय प्रेमीबारे धेरै अड्कलबाजी पनि भए । आइतबार बेलुका भने उनले आफ्ना प्रेमीलाई सामाजिक सञ्जालमार्फत चिनाएकी छन् । उनले इन्स्टाग्राममा प्रेमीसँगका तीन फोटो पोस्ट गर्दै लेखेकी छन्, ‘हामी त्यतिबेला भर्खरैका केटाकेटी थियौं । अब भने हामी केही वास्तविक बनाउँदैछौं । विद्यालयदेखिको प्रेम ।’ गरिमाले प्रेमीको नाम उल्लेख नगरेपछि धेरैजनाले कमेन्टमा ती युवकको नाम मेन्सन गर्दै दुबैलाई बधाइ दिइरहेका छन् । ती युवकको नाम हो- अञ्जन पौडेल ।…
काठमाडौँ, १२ माघ । औषधी व्यवस्था विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलव्ध गराउन स्वेदशी उत्पादक तथा पैठारीकर्ताहरुलाई थप १५ दिनको समय दिएको छ ।यसअघि विभागले १४ पुसमा सूचना जारी गर्दै स्वदेशी उत्पादक तथा पैठाकरीकर्तालाई एक साता भित्र विवरण उपलव्ध गराउन भनेको थियो । विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा बिक्री बितरणमा गुणस्तर कायम गर्न र सोको प्रभावकारी अनुगमन तथा निरीक्षण सम्वन्धी काम कारवाहीलाई व्यवस्थित गर्न बनेको प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ बमोजिम विवरण माग गरेको हो । त्यसमा अर्थोपेडिक इम्प्लान्ट, इनभिट्रो डाइग्नोस्टिक, अपरेसन थेटरमा प्रयोग हुने स्वास्थ्य सामग्रीका साथ कार्डियोभास्कुलर,…
काठमाडौँ, माघ १२ अमेरिकाको मिन्नेसोता राज्यस्थित मिनियापोलिस शहर यतिबेला राजनीतिक अस्थिरताको केन्द्र बनेको छ । यहाँ विगत तीन साताभित्र संघीय अध्यागमन प्रहरी (आईसिई) को गोली लागेर दुईजनाको मृत्यु भइसकेको छ । मिन्नेसोता राज्यका गभर्नर टिम वेल्जले संघीय अध्यागमन प्रहरीलाई राज्यबाट फिर्ता लैजान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माग गरेका छन् । यही माग राखेर प्रदर्शन चलिरहेको छ । पूर्व राष्ट्रपतिद्वय बिल क्लिन्टन र बाराक ओबामाले अध्यागमन प्रहरीले गरेको दमनको विरोधमा सबै एकजुट हुनुपर्ने समय आएको बताएका छन् । ओबामाले मिनियापोलिस र देशभर भइरहेका शान्तिपूर्ण आन्दोलनमा साथ दिन पनि आव्हान गरेका छन् । अमेरिकामा अध्यागमन सम्बन्धी विषय संघीय सरकारको क्षेत्राधिकारमा पर्छ । दोस्रो कार्यकाल राष्ट्रपतिका रुपमा ट्रम्पले सपथ लिएसँगै…
काठमाडौं, १२ माघ दोस्रो वरीयाताकी इगा स्वातेक र छैठो अमेरिकाकी जेसिका पेगुला अस्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा अस्ट्रेलियाकी मेडिसन इग्लिसमाथि ६-० र ६-३ को सहज जित निकाल्दै पोल्यान्डकी स्वातेकले अन्तिम आठको यात्रा तय गरेकी हुन् । इग्लिसलाई हराउन स्वातेकलाई एक घण्टा १३ मिनेटमात्र लागेको थियो । अर्को खेलमा आफ्नै देशकी मेडिसन किजलाई ६-३ र ६-४ को सेटमा हराउँदै अमेरिकाकी पेगुलाले पनि क्वार्टरफाइनलमा स्थान बनाइन् । किजविरुद्ध एक घण्टा १८ मिनेट संघर्ष गरेकी पेगुलाले अब सेमिफाइन प्रवेशका लागि आफ्नै देशकी अमान्दा आनिसिमोभासँग खेल्नेछन् । स्वातेकले भने क्वार्टरफाइनलमा काजकिस्तानकी एलेना रिबाकिनासँग प्रतिस्पर्धा गर्नेछन् । सोमबार नै…
सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा बिक्री गरेको थियो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।…
काठमाडौँ , माघ १२ नेपाली कम्युनिस्ट पार्टीले सिन्धुली–२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेता हरिबोल गजुरेलमाथि गरिएको कारबाहीप्रति नेता झलनाथ खनालले आपत्ति जनाएका छन् । केन्द्रीय सचिवालय र स्थायी कमिटी नबनेकाले संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको ‘हुकुमी शैली’बाट पार्टी चलेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । ‘पार्टी कमिटीहरू बनेका छैनन् । संयोजक र सहसंयोजकको हुकुमी आदेशबाट पार्टी चलेको छ,’ उनले भने, ‘सामूहिक निर्णयबाट पार्टी चल्नुपर्नेमा दुई जना (दाहाल, नेपाल) ले जे मन लाग्यो, त्यही गर्नुभएको छ ।’ नेकपाले सिन्धुली–२ बाट लेखनाथ दाहालविरुद्ध महेश्वर दाहालले उम्मेदवारी दिएपछि गजुरेलसहित महेश्वरलाई कारबाही गरेको थियो । खनालले पार्टीका वरिष्ठ नेतामाथि कारबाही गर्दा पार्टीभित्र कुनै…
काठमाडौँ १२ माघ , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पर्यटकको फेक रेस्क्यु कागजात बनाएर ठगी गरेको भन्दै ६ जनालाई पक्राउ गरे पनि इजी हेली र सेभेन समिट ट्रेक्सलाई अनुसन्धानमै छुटाएको छ। फेक रेस्क्यु प्रकरणमा मुछिएका ती कम्पनीहरूलाई अनुसन्धानको दायराबाहिर राखिनुले अनुसन्धानमाथि नै प्रश्न उठेको छ। सिआइबीले पर्यटकको फेक रेस्क्यु कागजात बनाएर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। सिआइबीले आइतबार पत्रकार सम्मेलन गरी फेक रेस्क्युमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रवीन्द्र अधिकारी र…
काठमाडौं, ११ माघ शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार आज सम्पन्न निर्वाचनमा कुल मतदातामध्ये ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ। सातै प्रदेशमा शान्तिपूर्ण वातावरणमा सम्पन्न मतदानको नतिजा सार्वजनिक भएसँगै गठबन्धनका उम्मेदवारहरूको बर्चस्व देखिएको हो।निर्वाचनमा विभिन्न समूह अन्तर्गत महिला, दलित, अपाङ्गता भएका तथा अल्पसङ्ख्यक र अन्य तर्फ भएको प्रतिस्पर्धामा सत्ता गठबन्धनका उम्मेदवारहरूले आफ्ना प्रतिद्वन्द्वीहरूलाई फराकिलो मतान्तरले पराजित गरेका छन्। सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा रिक्त दुई सिटमा भएको निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन्। महिलातर्फ नेकपा एमालेकी उम्मेदवार लीलाकुमारी भण्डारीले…
काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको भाउ तोलामा २ हजार ४ सयले बढेर ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो । गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । शुक्रबार एकैदिन तोलामा ९ हजार २ सय बढेको थियो । त्यसैगरी चाँदीको भाउले पनि आज नयाँ कीर्तिमान कायम गरेको छ । आज चाँदी तो्लाको ६ हजार…
काठमाडौँ । स्मार्टफोन उत्पादक कम्पनी ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन फाइन्ड एक्स ९ अल्ट्रा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भर्खरै बाहिरिएका रिपोर्ट र लिक भएका रेन्डरका अनुसार यो फोनले मोबाइल फोटोग्राफी र कार्यक्षमताको क्षेत्रमा नयाँ मापदण्ड कायम गर्ने देखिएको छ । यो फोनको सबैभन्दा ठुलो विशेषता भनेको यसको क्यामेरा सेटअप हो । फाइन्ड एक्स ९ अल्ट्रामा २०० मेगापिक्सेलका दुईवटा शक्तिशाली सेन्सर रहनेछन् । यसमा २०० मेगापिक्सेलको सोनी LYT-901 मुख्य सेन्सर (f/1.5 अपार्चर) र २०० मेगापिक्सेलकै ओम्निभिजन टेलिफोटो सेन्सर समावेश गरिएको छ । यो फोनको अर्को विशेष आकर्षण भनेको ३०० एमएमको टेलिफोटो एक्सटेन्डर एक्सेसरी हो । यो एक्सेसरी प्रयोग गर्दा फोनको…
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
