काठमाडौं, १२ माघ
अर्को खेलमा आफ्नै देशकी मेडिसन किजलाई ६-३ र ६-४ को सेटमा हराउँदै अमेरिकाकी पेगुलाले पनि क्वार्टरफाइनलमा स्थान बनाइन् । किजविरुद्ध एक घण्टा १८ मिनेट संघर्ष गरेकी पेगुलाले अब सेमिफाइन प्रवेशका लागि आफ्नै देशकी अमान्दा आनिसिमोभासँग खेल्नेछन् । स्वातेकले भने क्वार्टरफाइनलमा काजकिस्तानकी एलेना रिबाकिनासँग प्रतिस्पर्धा गर्नेछन् ।
सोमबार नै भएको खेलमा रिबाकिनाले बेल्जियमकी एलिज मेर्टेन्सलाई ६-१ र ६-३ तथा आनिसिमोभाले चीनकी झिन्यू वाङलाई ७-६(७-४) र ६-४ को सेटमा पाखा लगाएकी हुन् ।
पुरुष एकलतर्फको खेलमा जित निकाल्दै इटलीका जानिक सिनर र लोरेन्जो मुसेट्टीले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । दोस्रो वरीयाताका सिनरले आफ्नै देशका लुसिआनो दारदेरीलाई ६-१, ६-३ र ७-६(७-२) को सेटमा पराजित गरे ।
अर्को खेलमा मुसेट्टीले अमेरिकाका टेलर फ्रेट्जलाई सोझो सेटमा पाखा लगाए । सेमिफाइनल प्रवेशका लागि पाँचौ वरीयाताका मुसेट्टीले चौथो वरीयाताका नोभाक जोकोभिचसँग प्रतिस्पर्धाा गर्नेछन् ।

