Author: eKhasyauli.com
साेमबार २ चैत २०८२ । बुटवल : साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। सोमबार नेप्से परिसूचक २६.०७ अंक घटेर २७९८.८३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १४ अर्ब ३२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ११ अर्ब ९७ करोड…
साेमबार २ चैत्र २०८२ । अर्घाखाँची : अर्घाखाँचीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन । जिल्लाको भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्गको कल्टारीमा बस दुर्घटना हुँदा ६ जना सामन्य घाइते भएका हुन । ढाकावाङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८६३८ नम्बरको बस सडकमै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले जानकारी दिनुभयो ।घाइतेको उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउने तयारी भएको जनाएको छ ।
साेमबार, २ चैत्र २०८२ । अर्घाखाँची: वन क्षेत्रमा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै ‘वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह’ शुभारम्भ गरिएको छ। वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति कम गर्न योजनाबद्ध रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए। सप्ताहको अवसरमा वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको छ। डिभिजन वन कार्यालयको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय टोली रहने व्यवस्था मिलाइएको छ। टोलीलाई आवश्यक उपकरण तथा मिनी दमकलसहित तयारी अवस्थामा राखिएको छ। सूचना अधिकारी खड्काका अनुसार उक्त टोलीलाई जेठ मसान्तसम्म जिल्लाभर परिचालन…
साेमबार, २ चैत्र २०८२ । तस्बिर : रोयटर्स काठमाडौँ : राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सेभियालाई ५–२ ले हराएको छ र शीर्ष स्थानमा फेरि चार अंकको अग्रता लिएको छ । हान्सी फ्लिकको बार्सिलोनाका लागि डानी ओल्मो र जाओ क्यान्सेलोले पनि एक एक गोल गरे । यो जितपछि बार्सिलोनाको २८ खेलबाट ७० अंक भएको छ । उसको पछाडि रियल म्याड्रिड ६६ अंकमा रहेको छ । अर्को प्रमुख खेलमा रियल सोसिडाडले ओसासुनालाई ३–१ ले हरायो । यससँगै सोसिडाड ३८ अंकमा सातौं स्थानमा उक्लिन सफल रह्यो र उसको अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम रह्यो । यस्तै रियल बेटिस र सेल्टा…
साेमबार, २ चैत, २०८२ । काठमाडौं : सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । कविलासी नगरपालिका–८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राम नरेश महतोको सोमबार बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार करिब २४ अंक बढेको नेप्से, यस दिन करिब साढे ४ अंक बढेको हो। आइतबार नेप्से परिसूचक ४.४५ अंक बढेर २८२४.९० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेकस ०.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ। नेप्से सामान्य बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। गत बिहीबार १४ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको १ लाख २४ हजार ४९० पटकको कारोबारमा १४ अर्ब ३२ करोड ९६ लाख…
आईतवार, १ चैत २०८२ । काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका छन्। सरकारले नियुक्ति गर्ने एक सिटमा उनको सिफारिस भएको हो। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिफारिस गरेको हो। बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, सरकारले जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको ग्रहण गर्ने निर्णय गरेको छ। तर, प्रतिवेदन सार्वजनिक गर्ने विषयमा भने कुनै निर्णय भएको छैन।
शनिवार, ३० फागुन २०८२ । रोल्पा : घर लिप्ने माटो खन्न गएकी रोल्पाकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–७ खाक्सीबनकी वर्ष ४९ की निर्मला बुढाथोकीको मृत्यु भएको हो । वर्ष २८ की एलिना पुन, वर्ष ३८ की शान्ति पुन र वर्ष ४९ की पार्वती पुन घाइते भएका छन् । घाइते सबैको अवस्था मध्यम रहेको जनाइएको छ । उनीहरुको निधार, ढाड र कम्मरमा चोट छ । घाईते तीनैजनाको होलेरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मोतिखन्ने डाँडामा ७ जना माटो खन्न गएका थिए । तीन…
शनिबार, ३० फागुन २०८२ । काठमाडौं : नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फका सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ।पार्टी सचिव महेश बस्नेतका अनुसार समावेशी सिद्धान्त र विभिन्न क्लस्टरका आधारमा सांसदहरूको नाम छनोट गरिएको हो। एमालेले खस आर्य समूहबाट ५ जनालाई सांसद बनाउने निर्णय गरेको छ। यस क्लस्टरमा महिलातर्फ पूर्वमन्त्री पद्यमा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल समेटिएका छन्। पुरुषतर्फ भने गुरु प्रसाद बराल र पुष्पराज कंडेलको नाम टुंगो लागेको सचिव बस्नेतले जानकारी दिए। त्यस्तै, जनजाति क्लस्टरबाट ४ जना छानिएका छन्। जसमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त…
शुक्रबार, २९ फागुन २०८२ । काठमाडौँ : वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताउनुभयो । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उहाँले बताउनुभयो । प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिनु, कुपोषणको देखिनु जस्ता समस्या पनि देखिने गरेका विज्ञहरूले बताउने गरेका छन् । यस्तै,…
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
