साेमबार, २ चैत्र २०८२ ।

काठमाडौँ : राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सेभियालाई ५–२ ले हराएको छ र शीर्ष स्थानमा फेरि चार अंकको अग्रता लिएको छ ।
हान्सी फ्लिकको बार्सिलोनाका लागि डानी ओल्मो र जाओ क्यान्सेलोले पनि एक एक गोल गरे ।
यो जितपछि बार्सिलोनाको २८ खेलबाट ७० अंक भएको छ । उसको पछाडि रियल म्याड्रिड ६६ अंकमा रहेको छ । अर्को प्रमुख खेलमा रियल सोसिडाडले ओसासुनालाई ३–१ ले हरायो ।
यससँगै सोसिडाड ३८ अंकमा सातौं स्थानमा उक्लिन सफल रह्यो र उसको अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम रह्यो । यस्तै रियल बेटिस र सेल्टा भिगोबीचको खेल भने १–१ को बराबरीमा टुंगियो ।
