Author: eKhasyauli.com
मंगलबार, १९ जेष्ठ २०८३ । काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सांसद मिङ्गा ग्याबु शेर्पालाई मंगलबार काठमाडांमा सम्मान गरिएको छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्तरुपमा शेर्पालाई सम्मान तथा बधाई दिएका हुन्। संघीय संसद् सचिवालयमा मंगलबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी र राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको पनि उपस्थिति थियो। शेर्पाले गत जेठ १३ गते बिहान ५ः४० बजे संघीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरेका थिए। उनी सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला संघीय सांसद हुन्। उक्त उपलब्धिसँगै शेर्पाले आफ्नो दशौँ सफल सगरमाथा आरोहणको कीर्तिमानसमेत कायम गरेका छन्। संसद्को…
शुक्रबार १५, जेष्ठ २०८३ । काठमाडौं : सरकारले निजामती कर्मचारीको तलब बढाएको छ। जस अनुसार अब कर्मचारीको न्युनतम ४० हजार र अधिकत तलब १ लाख हुनेछ। निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्यसचिव हो। अब मुख्यसचविको तलब १ लाख पुग्नेछ। यसैगरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ४० हजार हुनेछ। आगामि साउन एक गतेदेखि लागु हुने गरी सरकारले तलब बढाएको हो। अहिले बढेको तलबमान अनुसार मुख्यसचिवको तलब ९८ हजार ४ सय २५ हुने छ। यसमा ग्रेड जोड्ने हो भने १ लाख रुपैयाँको हाराहारीमा पुग्ने छ। यसैगरी कार्यालय सहयोगीको तलब ३८ हजार ४ सय १ हुनेछ। हाल कार्यालय सहयोगीको तलब २७ हजार ६११…
शुक्रबार, १५ जेष्ठ २०८३ । काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बराबर विनियोजन गरिएको जानकारी दिनुभयो । पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड, वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड बराबर विनियोजन गरिएको छ । आगामी आवको बजेटमा कुन आयोजनाका लागि निम्न लिखित बजेट विनियोजन गरिएको छ । पूर्वपश्चिम राजमार्गका लागि रु ३७ अर्ब ४६ करोड,…
बुधबार १३, जेठ २०८३ । काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित अनुसन्धान प्रतिवेदनमा विभिन्न राजनीतिक नेता, अभियन्ता तथा सार्वजनिक प्रभाव भएका व्यक्तिहरूको भूमिकामाथि थप छानबिन आवश्यक रहेको उल्लेख गरेको छ। आयोगका अनुसार आन्दोलनका क्रममा सार्वजनिक रूपमा व्यक्त गरिएका भनाइ र गतिविधिहरूले प्रदर्शनको अवस्थामाथि कस्तो प्रभाव पारेको थियो भन्ने विषय थप अध्ययनको दायरामा राख्नुपर्ने देखिएको छ। प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता तथा सांसदहरूको नाम पनि समावेश गरिएको छ। सूचीमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, डा.तोषिमा कार्की, मनिष झा, हरि ढकाल लगायतका नाम उल्लेख छन्। त्यस्तै अन्य सार्वजनिक व्यक्तित्वतर्फ सिसन बानियाँ, निश्चल बस्नेत, रवि किरण…
मंगलबार, १२ जेष्ठ २०८३ । काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफ माग गर्दै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। मंगलबारको बैठकमा विपक्षी सांसदहरूको चर्को नाराबाजी र अवरोधका बीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले सदनको कार्यसूची अघि बढाउने प्रयास गरे पनि अन्ततः बैठक स्थगित गर्न बाध्य भएका हुन्। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाह सदनमा उपस्थित भएर समसामयिक र सार्वजनिक सरोकारका विषयमा स्पष्टीकरण दिनुपर्ने अडान राखेका थिए। विपक्षीको अवरोधका कारण सदनको नियमित काम-कारबाही प्रभावित भएपछि सभामुख अर्यालले प्रधानमन्त्री जवाफ दिन छिटै आउने जानकारी गराउँदै सांसदहरूलाई आ-आफ्नो आसनमा बस्न पटक-पटक आग्रह गरेका थिए। तर, विपक्षी…
आईतवार, १० जेष्ठ २०८३ । काठमाडौं : बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गरेकी छन्। बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गरेकी पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिए। पशुपतिनाथको दर्शन गरेपछि उनले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन्। पशुपतिनाथ र यहाँका प्राचीन मठ, मन्दिरका बारेमा मन्त्री मल्होत्रालाई कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी गराएका थिए। मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उनले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गरेकी छन्। मन्त्री मल्होत्रालाई कोषका सदस्य…
बिहीबार, ७ जेठ २०८३ । अर्घाखाँची: अर्घाखाँचीको छत्रदेव गाउपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका ” घोषणा गरिएको छ । बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याई रोगमुक्त, सुरक्षित र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित गाउपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेपछि दिगोपना घोषणा गरिएको हो । स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारको सक्रियता, स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत तथा महिला स्वास्थ्य स्वयंसेविकाको निःस्वार्थ समर्पणका कारण छत्रदेव गाँउपालिकाले जिल्लामा दोस्रो उदाहरणीय सफलता प्राप्त गरेको हो । छत्रदेव गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा गाउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गरेका हुन । कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले पूर्ण खोप अभियानले…
मंगलबार, ५ जेष्ठ २०८३ । काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार साँझ आयोजित विशेष समारोहका बीच उनले राष्ट्रपतिबाट शपथ लिएका हुन्। संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले मंगलबार दिउँसो नै डा. शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। समितिबाट नाम स्वीकृत भएलगत्तै राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। शपथ ग्रहणलगत्तै प्रधानन्यायाधीश शर्माले सर्वोच्च अदालत पुगेर आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। गत वैशाख २४ गते…
साेमबार ४, जेठ २०८३ । काठमाडौँ – विश्वकप लिग-२ अन्तर्गत जारी एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। जितसँगै नेपालले अंक तालिकामा दुई स्थान सुधार गर्दै अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। स्कटल्यान्डले दिएको १ सय ९४ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान रोहित पौडेलले ७४ रनको अर्धशतकीय अविजित इनिङ्स खेले। उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा १२ औँ अर्धशतकसमेत हो। त्यस्तै, इशान पाण्डेले ५५ रनको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतकीय इनिङ्स खेल्दा ओपनर कुशल भुर्तेलले २८ रन तथा आसिफ शेखले २९ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि ५८ रनको साझेदारी…
साेमबार, ४ जेष्ठ २०८३ । काठमाडौं : अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बारेमा दिएको चेतावनीपछि सोमबार अन्तर्राष्ट्रिय तेल बजारमा तरङ्ग आएको छ। ट्रम्पले इरानसँग शान्ति सम्झौताको लागि ‘घडी टिकिरहेको’ बताएका थिए, जसले गर्दा कच्चा तेलको मूल्य लगभग २ प्रतिशत ले बढ्यो। सोमबार बिहान ७ः३० बजे जिएमटी सम्ममा ब्रेन्ट क्रुड प्रति ब्यारेल ११०.७२ डलर पुगेको छ। यस्तै, अमेरिकी बेन्चमार्क डब्ल्यू क्रुड प्रति ब्यारेल १०७.२८ डलरमा कारोबार भइरहेको छ। अमेरिका–इजरायल–इरान द्वन्द्व सुरु हुनुभन्दा पहिलेको तुलनामा ब्रेन्ट कच्चा तेलको मूल्य ५० प्रतिशत भन्दा बढीले बढेको छ। ट्रम्पको भनाइले पश्चिम एसियामा तनाव अझ बढ्न सक्ने बजारको डर बढाएको विश्लेषकहरू बताउँछन्। यसले विश्वव्यापी तेल आपूर्ति…
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
