Author: eKhasyauli.com
मंगलबार, २६ फाल्गुन २०८२ । काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरेका छन्। निर्वाचन सुरक्षामा खटाइएका उनीहरूलाई अब औपचारिक रूपमा बिदाइ गर्ने तयारी गरिएको छ। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरी परिचालन गरेको थियो। उनीहरूलाई ४० दिनसम्म निर्वाचन सुरक्षामा खटाइएको थियो। फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ भने मतगणनाको परिणाम पनि सार्वजनिक भइसकेको छ। यसैबीच नेपाल प्रहरीले फागुन २८ गते देशभर निर्वाचन…
मङ्गलबार, २६ फागुन २०८२। काठमाडौँ : प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्गलवार बिहानसम्म १ करोड ३ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको हो । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गर्दै आफ्नो वर्चस्व कायम गरेको छ। यो कुल गणना भएको मतको झण्डै आधा हिस्सा हो। त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७६ हजार ३१० मत प्राप्त गरेको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले १३ लाख ९१ हजार ६९८ मतका साथ तेस्रो स्थानमा रहेको छ। नेपाली…
साेमबार फागुन २५, २०८२ । काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अधिकांश क्षेत्रमा वर्चस्व कायम गर्दा पुराना पार्टी थोरै सिटमा खुम्चिन पुगेका छन् । पुराना दलका अधिकांश शीर्ष नेता पराजित भएका छन् । कतिपयले प्रभावशाली नेताले त जमानतसमेत जोगाउन सकेनन् । कुल सदर मतको १० प्रतिशतभन्दा कम आउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । निर्वाचनमा पूर्व उपप्रधानमन्त्री पूर्वमुख्यमन्त्रीसम्म र अन्य केही चर्चा कमाएका नेताको जमानत जफत भएको छ । मधेशका पूर्व मुख्यमन्त्री सतीशकुमार सिंह सप्तरी–२ बाट उम्मेदवारी दिएका थिए । स्वाभिमान पार्टीका तर्फबाट उम्मेदवारी दिएका उनले…
साेमबार फाल्गुन २५, २०८२ । काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने निर्णय गरेको छ । आयोगले आज यस्तो निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम आचारसंहिताको व्यवस्था गत माघ ४ गते रातिदेखि अर्को सूचना जारी नभएसम्मका…
प्रतिनिधिसभा निर्वाचनपछि नेपाली धितोपत्र बजारका लगानीकर्ताहरु उत्साहित भएका छन्। निर्वाचनको मतगणना परिणम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको छ। सोही आधारमा अबका ५ वर्ष स्थिर सरकार बन्ने र लगानीमैत्री वातावरण सिर्जना हुने अपेक्षामा आज लगानीकर्ताहरु उत्साहित भएका हुन्। सोमबार नेप्सेमा तीन सर्किट ब्रेक लागेर कारोबार अवधिभन्दा अगाडि नै बन्द भएको छ। प्रि ओपनमा नै साढे १ प्रतिशतभन्दा बढी बढेको नेप्से, नियमित बजार खुल्ने वित्तीकै तिव्र गतिमा बढेर ११ बजेर १ मिनेटमा नै ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो। सोपश्चात खुलेको बजारमा नेप्से पुनः बढ्ने क्रमलाई निरन्तरता दिँदा ११ बजेर २१…
साेमबार फागुन २५, २०८२ । काठमाडौँ- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नं. १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ गरी आठ क्षेत्रको समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । धनुषा ३, महोत्तरी १, सर्लाही २, बारा १, २, ३ र ४, रौतहट १, पर्सा १, २ र ४, रसुवा, सिन्धुली १ र २, दोलखा, कन्चनपुर १, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली १, ताप्लेजुङ, धनकुटा,…
आईतवार फागुन २४, २०८२ । काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट १४ जना महिला उम्मेदवार विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार रास्वपाबाट १३ र कांग्रेसबाट एक जना प्रतिनिधिसभा सदस्य बनेका छन् । रास्वपाले १६ र कांग्रेसले ११ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारहरू खडा गरेको थियो । यस्तै नेकपा एमालेले १० र नेपाली कम्युनिष्ट पार्टीले ११ महिलालाई उम्मेदवार बनाएको थियो । आयोगका अनुसार निर्वाचनमा ३८८ महिला उम्मेदवारहरू प्रतिस्पर्धामा थिए । कांग्रेसबाट उम्मेदवार बनेका ११ महिला नेतृमध्ये बासना थापाले मात्रै जित निकालेकी छन् । उनी दैलेख–१ मा १२ हजार…
आईतवार फागुन २४, २०८२ । बुटवल : लुम्बिनी प्रदेशका २६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ क्षेत्रमा जितेर वर्चस्व कायम गरेकोे छ । यसअघिका ठूला दलमध्ये नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २–२ क्षेत्र जित्दा नेकपा एमालेले एउटा क्षेत्रमा मात्र मात्र जित निकालेको छ । प्रदेशका १२ जिल्लामध्ये रास्वपाले नवलपरासी पश्चिमका दुवैै क्षेत्र, रुपन्देहीका ५ वटै क्षेत्र, गुल्मीका दुवै क्षेत्र, दाङका तीनवटै क्षेत्र, अर्घाखाँची, पाल्पाको एक, कपिलवस्तुका दुई, बाँकेका दुई, प्युठान र बर्दियाका दुवै क्षेत्र जितेको छ । नेपाली कांग्रेसले कपिलवस्तु–३ र पाल्पा–१ मा जितेको छ । नेकपाले जनयुद्धको आधारभूमि रोल्पा र रुकुममा आफ्नो विरासत…
आईतवार फागुन २४, २०८२। काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय सिट जितेको छ । मतगणनाको सुरुवातीचरणदेखि नै अग्रता कायम गरेको रास्वपाले १२९ क्षेत्रको नजिता सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जित पक्का गरेको हो । दोस्रो धेरै सिट जित्नेमा नेपाली कांग्रेस छ । कांग्रेसले १४ सिट जितेको छ । एमालेले ७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ६, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् । यी हुन् निर्वाचित भएका रास्वपाका १०० उम्मेदवारहरू १- बालेन्द्र शाह २- इन्दिरा राना मगर ३- सोविता गौतम ४- डा. लेखजंग थापा ५- हरि…
शनिबार फागुन २३, २०८२ । अर्घाखाँची : एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी भएका छन् । उनी ३५ हजार २३ मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसाल भन्दा १२ हजारभन्दा बढी मतान्तरले उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ मत ल्याए । नेपाली कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९८३, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल रास्वपाको जिल्ला संगठन बनाउन तथा गाउँगाउँमा रास्वपाको समिति निर्माण गर्न…
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
