Author: eKhasyauli.com
मंगलबार फागुन १९, २०८२ काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको…
साेमबार फागुन १८, २०८२ । काठमाडौँ : फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने…
अमेरिका र इजरायलले गरेको इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याले नैतिकता र कानुनको ’सनकपूर्ण उल्लङ्घन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। मस्कोको युक्रेन आक्रमणमा तेहरान रुसको सबैभन्दा नजिकको सहयोगीको रूपमा उभिएको छ । क्रेमलिनले पहिले इरानमा अमेरिका–इजरायल आक्रमणको पूर्वसन्ध्यामा संयम अपनाउन आह्वान गरेको थियो । आइतबार क्रेमलिनले पुटिनले इरानी समकक्षी मसुद पेजेस्कियनलाई पठाएको सन्देश प्रकाशित गरेको थियो जसमा रुसी नेताले खामेनीको हत्याप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । उनले यो हत्याले ‘मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनका सबै मान्यताको उल्लङ्घन गरेको’ बताएका छन् । रुसी राष्ट्रपति पुटिनले खामेनीको हत्यापछि इरानी राष्ट्रपति र जनताप्रति समवेदना प्रकट गर्दै भने, “खामेनीलाई एक…
शनिबार फागुन १७, २०८२ । काठमाडौं : अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ । राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई ‘जंगली कार्य’ र ‘आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको इतिहासमा अर्को कालो पाना’ भनेर टिप्पणी गरेका छन् । इजरायल र अमेरिकाबाट भने विद्यालयमा आक्रमण भएको विषय पुष्टि भएको छैन । उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) को क्याम्पबाट करिब ६०० मिटर नजिकै पर्दछ । आईआरजीसी क्याम्प इजरायल र…
आईतवार फागुन १७, २०८२ काठमाडौँ: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई देहायबमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सिफारिस गरिएको उल्लेख गरिएको छ । आयोगले दमकल, एम्बुलेन्स, शववाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक पर्नेछैन । दूूरसञ्चार…
शनिबार फागुन १६, २०८२ । काठमाडौं : कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै कुवेत र इराकमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । राजदूतावासले शनिबार जारी गरेको सूचनामा कुवेत र इराक सरकारले जारी गरेका सुरक्षा सम्बन्धी निर्देशन तथा सूचनाहरूको कडाइका साथ पालना गर्न आग्रह गरिएको छ । अत्यावश्यक कामबाहेक यात्रा नगर्न, सम्भव भएसम्म घरभित्रै सुरक्षित रहन तथा आफ्नो वरपरको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन दूतावासले आग्रह गरेको छ । हाल कुवेतको हवाई क्षेत्र बन्द रहेको उल्लेख गर्दै कुवेतबाट बाहिरिने वा कुवेत आउने यात्रुहरूले सम्बन्धित वायु सेवा प्रदायकसँग सम्पर्क गरी आफ्नो उडान अवस्थाबारे जानकारी…
शनिबार फागुन १६, २०८२ । काठमाडौं : इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो । इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ । प्रारम्भमा अलजजिराले आक्रमणमा पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो । त्यसपछि उक्त संख्यामा वृद्धि भएर मर्नेको संख्या २४ पुगेको थियो । इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् । तेहरानस्थित इरानका सर्वोच्च नेता…
शनिबार फागुन १६, २०८२ । अर्घाखाँची : २७ औँ स्वास्थ्य सेवा दिवस २०८२ को अवसरमा अर्घाखाँचीको कारागार कार्यालयमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण तथा नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालयको आयोजना र अर्घाखाँची अस्पतालको सहकार्य स्वास्थ्य शिविर सम्पन्न भएको हो। कार्यक्रममा अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले मानिसहरूमा दिन प्रतिदिन नसर्ने रोगहरू बढीरहेकाले यस्ता खालका शिविर सञ्चालनले कैदीबन्दीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने र नयाँ रोग पत्ता लगाउने र समयमै रोग पहिचान गरिसकेपछि स्वास्थ्य उपचार गर्न सहज हुने बताउनुभयो । शिविरमा स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले समयमै रोगपत्ता लगाई त्यसको निराकरण गर्न यस्ता शिविर प्रभावकारी हुने उहाँले…
शनिबार फागुन १६, २०८२ । काठमाडौँ: निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको हो । फागुन २१ गते १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायी समेत)मा मतदान हुँदैछ । उक्त दिन निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि व्यवस्था मिलाउन आयोगले आह्वान…
शनिबार फाल्गुन १६, २०८२ । काठमाडौँ — गाउँ-बस्ती अहिले २१ फागुनमा हुने निर्वाचनको चहलपहलमा व्यस्त छ । तर, नेपालका लोपोन्मुख राउटे समुदायको बस्तीमा भने चुनावी रौनक देखिँदैन । राज्य संरचनासँग टाढा रहेका उनीहरू दल, नेता र निर्वाचन प्रक्रियाबारे बेखबर छन् । निर्वाचनको समय, प्रक्रिया र प्रतिस्पर्धाप्रति उनीहरूमा चासो देखिँदैन । फिरन्ते जीवन बिताउने र आफूलाई ‘वनको राजा’ भन्ने राउटे कर्णाली र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका छन् । उनीहरूलाई मुलुकको कानुनी व्यवस्थासँग कुनै सरोकार छैन । राउटेको समुदाय सञ्चालन गर्न मुखिया र महामुखिया छन् । जहाँ उनीहरूको आफ्नै नीति र नियममा चल्छन् । मदन भण्डारी राजमार्गमा गुड्ने चुनावप्रचार गरिरहेका सवारी साधन यो बस्तीमा सुनिए…
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
