महोत्सवको आइतवार औपचारिक रूपमा समापन गरिएको छ । सन्धिखर्क नगरपालिका–१ स्थित कुडुलेफाँटमा आयोजना गरिएको महोत्सव स्थानीय उत्पादनको प्रचार, व्यापार–व्यवसायको विस्तार तथा कला–संस्कृतिको संरक्षण र प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव गत पुस २७ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएको थियो ।
कार्यक्रममा चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश सदस्य सुकदेव बेल्वासे, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल लगायतका वक्ताहरूले महोत्सव सफलताका साथ सम्पन्न भयको धारणा राख्नुभएको थियो । कार्यक्रम अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष लिलाधर बस्यालको स्वागत मन्तव्य र सचिव प्रेम थापाको सञ्चालनमा सम्पन्न भएको हो ।
महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति, विभिन्न व्यापारिक स्टलहरू, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनीले दर्शक तथा उपभोक्ताको उल्लेखनीय सहभागिता पाएको आयोजकले जनाएको छ ।

