१६ माघ, २०८२
अर्घाखाँची-अखिल नेपाल युवक संघ अर्घाखाँचीको अध्यक्षमा रेसम वि.क. निर्वाचित हुनुभएको छ । युवक संघको धारापानीमा सम्पन्न आठौं जिल्ला सम्मेलनले अध्यक्ष वि.क.को नेतृत्वमा २७ सदस्यिय जिल्ला समितिको गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा शुरेस आचार्य, सचीवमा झविन्द्र चुँदाली, सह–सचीवमा रिता बन्जाडे पुन र कोषाध्यक्षमा भुपाल वि.सी. निर्वाचित हुनुभएको छ ।
अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष गणेश अधिकारीले उद्घाटन गर्नुभएको सम्मेलनले माधव बन्जाडे र महेश बुढामगरलाई सचिवालयमा चयन गरेको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी., सागर के.सी., जिल्ला अध्यक्ष थम्मन के.सी., राजमो अर्घाखाँचीको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्धार पशुपति ढकाल, जिल्ला सचिवालय सदस्य भिमलाल आचार्य, अखिल नेपाल युवक संघका केन्द्रिय कोषाध्यक्ष कमल पौडेल, सचिव ठाकुर पन्थी, अनेमसंघ नेतृ कल्पना पोख्रेल लगायतले सम्मेलनमा सम्बोधन गर्नुभएको थियो ।
जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न सम्मेलनमा राजमोका विभिन्न तहका नेताहरुको समेत सहभागिता रहेको थियो ।
Related Posts
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
© 2026 Ekhasyauli. Designed by Ignite Infosys Pvt Ltd.

