१७ माघ, २०८२
अर्घाखाँची – वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम
साथी साकोसको आयोजनामा, जिल्ला सहकारी संघ लि., अर्घाखाँचीको समन्वय तथा कलश स्टक मार्केट (ब्रोकर नं. ७४) को प्राविधिक सहयोगमा वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम शनिबार सन्धिखर्कमा सम्पन्न भएको छ। होटल साथीमा सम्पन्न कार्यक्रममा सहकारीका सदस्यहरू, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा शेयर बजार, लगानीका आधारभूत सिद्धान्त, जोखिम व्यवस्थापन तथा वित्तीय सचेतनासम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रमले सहभागीहरूमा वित्तीय ज्ञान अभिवृद्धि गर्न तथा सुरक्षित लगानीप्रति सचेत गराउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
कार्यक्रम साथी सहकारीका अध्यक्ष रुद्र प्रसाद श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष डिलाराम भुसालकाे स्वागत मन्तव्य र सचिव विष्णु बन्जाडेले सन्चालनमा सम्पन्न भएकाे हाे ।सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा जिल्ला सहकारी संघ लि. अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।कार्यक्रममार्फत वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै शेयर बजारसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

