काठमाडौँ — २०७९ को निर्वाचनमा १६ वटा निर्वाचन क्षेत्रमा एक हजारभन्दा कम मतान्तरमा हारजित भएका छन् । त्यतिबेला कांग्रेस र एमाले दुई ध्रुवको गठबन्धनबीच देशभरि नै मुख्य प्रतिस्पर्धा भएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनमा तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी समावेश थिए ।
एमाले नेतृत्वको गठबन्धनमा जसपा नेपाल र राप्रपा समावेश थिए । यीमध्ये अधिकांशमा कांग्रेस र एमालेबीचमा नै तीव्र प्रतिस्पर्धा देखिएको थियो ।
यसरी झिनो मतान्तरमा कांग्रेसले एमालेलाई, एमालेले कांग्रेसलाई चार/चार निर्वाचन क्षेत्रमा पराजित गरेका थिए । त्यसैगरी एमालेले रास्वपालाई, जसपा नेपालले रास्वपालाई, कांग्रेसले राप्रपालाई, नागरिक उन्मुक्तिले माओवादीलाई, एकीकृत समाजवादीले एमालेलाई एक/एक निर्वाचन क्षेत्रमा पराजित गरेका थिए । माओवादीलाई एमालेले र एमालेले माओवादीलाई दुई/दुई निर्वाचन क्षेत्रमा पराजित गरे ।
विश्लेषक केशव दाहाल त्यतिबेलाको हिसाबकिताब यस पटकको चुनावको जोड–घटाउमा नमिल्ने बताउँछन् । उनका अनुसार २०७९ को चुनावमा पार्टीले निर्णय गरेपछि कम्तीमा ५०/६० प्रतिशत मतदाता पार्टीसँग डोरिन्थे । तर, यस पटक मतदाता मात्रै नभएर कार्यकर्तासमेत पार्टीको निर्णय नमान्ने स्थितिमा पुगेको उनको बुझाइ छ । ‘अघिल्लो चुनावको हिसाबकिताब यस पटक मिल्ने देखिँदैन । त्यतिबेलाको मुद्दा राजनीतिक थियो, यस पटक अनुहार छ । यो दुःखद हो । अहिले चुनावको सम्पूर्ण बहस झापा–५ मा गएर केन्द्रित छ,’ दाहाल भन्छन्, ‘सम्पूर्ण मतदातालाई चिन्ने अवस्थामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई के हुन्छ–हुन्छ भइरहेको छ, ढुक्क छैनन्, संशय छ । अन्य ठाउँको स्थिति पनि त्यस्तै हो ।’
यसअघिको चुनावमा पाँचथरमा सबैभन्दा कम मतान्तरले हारजित भएको थियो । एमालेका वसन्तकुमार नेम्वाङले कांग्रेसका भीष्मराज आङदेम्बेलाई सबैभन्दा कम ९६ मतान्तरमा पराजित गरेका थिए । अहिले यस क्षेत्रमा कांग्रेस र एमाले दुवैले उम्मेदवार बदलेका छन् । एमालेले अइन्द्रसुन्दर नेम्वाङ र कांग्रेसले नरेन्द्रकुमार केरुङलाई उम्मेदवार बनाएका छन् ।
रास्वपाको यस क्षेत्रमा खासै प्रभाव थिएन । समानुपातिकतर्फ पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भएका थिए । रास्वपाले यस क्षेत्रमा समानुपातिकतर्फ जम्मा १ हजार ९ सय ४८ मत मात्रै प्राप्त गरेको थियो ।
सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले एमालेका जगदीशप्रसाद कुसियतलाई जम्मा १ सय १२ मतान्तरले पराजित गरेका थिए । यस क्षेत्रमा यस पटक पनि यिनै दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा छ । कांग्रेस र एमालेबीच प्रत्यक्षमा थोरैको मतान्तर परे पनि समानुपातिक मतमा भने साढे सात हजारको फरक छ ।
धनुषा–४ मा एमालेका रघुवीर महासेठले कांग्रेसका तत्कालीन केन्द्रीय कार्यसमितिका सहमहामन्त्री महेन्द्र राय यादवलाई जम्मा १ सय २४ मतले पराजित गरेका थिए । अहिले पनि एमालेबाट महासेठ र कांग्रेसबाट यादव नै उम्मेदवार छन् । यस क्षेत्रमा तेस्रो दल जसपा नेपाल थियो ।
त्यसपछि काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंहले राप्रपाका रवीन्द्र मिश्रलाई जम्मा १ सय २५ मतान्तरले पराजित गरेका थिए । २०४८ देखि निरन्तर चुनावी प्रतिस्पर्धामा रहेका सिंहको यस पटकको संसदीय यात्रामा ब्रेक लागेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले यस पटक सिंहलाई बाहिर राखेर युवा नेता प्रवल थापालाई उम्मेदवार बनाएको छ । राप्रपाबाट भने मिश्र नै उम्मेदवार छन् । समानुपातिक मतमा कांग्रेस पहिलो रहँदा रास्वपा दोस्रो र राप्रपा तेस्रो स्थानमा आएका हुन् ।
बर्दियाको निर्वाचन क्षेत्र नं. २ बाट नागरिक उन्मुक्ति पार्टीका लालवीर चौधरीले माओवादीका सुरेश पन्थलाई १ सय ३६ मतको अन्तरमा पराजित गरेका हुन् । चौधरी रेशमका बुबा हुन् । त्यतिबेला उनी स्वतन्त्र उम्मेदवार थिए । समानुपातिकतर्फ भने कांग्रेस दोस्रो, माओवादी तेस्रो र एमाले चौथो स्थानमा थिए । त्यसपछि मात्रै रास्वपाको मत थियो । यस क्षेत्रमा कांग्रेसले तत्कालीन पार्टीका सहमहामन्त्री किशोरसिंह राठोरलाई उम्मेदवार बनाएको छ । माओवादीले पन्थलाई दोहोर्याएको छ । रास्वपाले श्रीधर पोखरेललाई उम्मेदवार बनाएको छ ।
पर्सा–३ बाट एमालेका राजकुमार गुप्ताले कांग्रेसका सुरेन्द्र चौधरीलाई १ सय ६७ मतले मात्रै पराजित गरेका हुन् । यसअघि निर्वाचित गुप्ताको ठाउँमा एमालेले यस पटक रूपेश पाण्डेलाई टिकट दिएको छ । कांग्रेसले चौधरीलाई दोहोर्याएको छ ।
दाङ–२ मा एमालेका महासचिव शंकर पोखरेललाई झिनो मतान्तरले हराएर माओवादीकी नेतृ रेखा शर्मा चर्चामा आएकी थिइन् । शर्माले पोखरेललाई जम्मा १ सय ९३ मतान्तरमा पराजित गरेकी थिइन् । एमालेले अहिले पनि पोखरेललाई उम्मेदवार बनाएको छ भने (तत्कालीन माओवादी) नेकपाले शर्माको ठाउँमा निर्मल आचार्यलाई उम्मेदवार बनाएको छ । प्रत्यक्षमा शर्माले जिते पनि समानुपातिक मत भने माओवादीको चौथो स्थानमा थियो । पहिलो एमाले, दोस्रो कांग्रेस र तेस्रोमा रास्वपाको मत छ ।
ताप्लेजुङमा एमालेका योगेश भट्टराईले माओवादीकै खेलप्रसाद बुढा क्षेत्रीलाई २ सय ८ मतान्तरमा पराजित गरेका थिए । एमालेले यस पटक भट्टराईलाई उम्मेदवार बनाएको छैन । भट्टराईको ठाउँमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । नेकपाबाट बुढा क्षेत्रीलाई दोहोर्याएको छ ।
२०७९ को निर्वाचनमा ११ सयभन्दा कम मतबाट हारजित भएका २० निर्वाचन क्षेत्रहरू
- ताप्लेजुङ
निर्वाचित : योगेशकुमार भट्टराई (एमाले)
मत : २१९४३
प्रतिद्वन्द्वी : खेलप्रसाद बुढा क्षेत्री (माओवादी)
मत : २१७३५
मतान्तर : २०८
समानुपातिक मत :
एमाले– १९६०४
कांग्रेस– १५७३५
माओवादी– ५१६२
रास्वपा– ९७८
वर्तमान उम्मेदवार :
क्षितिज थेबे (एमाले), गजेन्द्रप्रसाद तुम्याङ (कांग्रेस), वीरेन्द्र श्रेष्ठ (रास्वपा), खेलप्रसाद बुढा
क्षेत्री (नेकपा)
- पाँचथर
निर्वाचित : वसन्तकुमार नेम्वाङ (एमाले)
मत : ३२१३५
प्रतिद्वन्द्वी : भीष्मराज आङ्देम्बे (कांग्रेस)
मत : ३२०८९
मतान्तर : ९६
समानुपातिक मत :
एमाले– २६५९२
कांग्रेस– १९०४४
माओवादी– १२१६९
रास्वपा– १९४८
वर्तमान उम्मेदवार : अइन्द्रसुन्दर नेम्वाङ (एमाले), नरेन्द्रकुमार केरुङ (कांग्रेस), महेन्द्रविक्रम थाम्सुहाङ (रास्वपा), हर्कबहादुर नेम्वाङ (नेकपा)
- मोरङ–१
निर्वाचित : डिकबहादुर लिम्बू (कांग्रेस)
मत : २७२९७
प्रतिद्वन्द्वी : घनश्याम खतिवडा (एमाले)
मत : २६८६७
मतान्तर : ४३०
समानुपातिक मत :
एमाले– २३३४२
कांग्रेस– १७०१५
रास्वपा– ९७७४
माओवादी– ६४४५
वर्तमान उम्मेदवार : खड्गबहादुर फागो (कांग्रेस), घनश्याम खतिवडा (एमाले), यज्ञमणि न्यौपाने (रास्वपा), कुलप्रसाद साम्बा (नेकपा)
- सुनसरी–१
निर्वाचित : अशोककुमार राई (जसपा)
मत : १७०५९
प्रतिद्वन्द्वी : गोमा तामाङ (रास्वपा)
मत : १६६०६
मतान्तर : ४५३
समानुपातिक मत :
एमाले– २००९८
रास्वपा– १७७५०
कांग्रेस– ११७५०
राप्रपा– ९७६८
माओवादी– ४६५६
वर्तमान उम्मेदवार : सुजेन्द्र तामाङ (कांग्रेस), सूर्य पन्दाक (एमाले), सरिन तामाङ (रास्वपा), सूर्यबहादुर भट्टराई (नेकपा), हर्क साम्पाङ (श्रम संस्कृति पार्टी)
- सुनसरी–४
निर्वाचित : ज्ञानेन्द्रबहादुर कार्की (कांग्रेस)
मत : ३०४८३
प्रतिद्वन्द्वी : जगदीशप्रसाद कुसियत (एमाले)
मत : ३०३७१
मतान्तर : ११२
समानुपातिक मत :
कांग्रेस– २८,०८२
एमाले– २०५७६
जसपा– ६,५६५
राप्रपा– ५६१०
रास्वपा– ५०६८
वर्तमान उम्मेदवार : ज्ञानेन्द्रबहादुर कार्की (कांग्रेस), जगदीशप्रसाद कुसियत (एमाले), दीपककुमार शाह (रास्वपा), महमद महफुज अन्सारी (नेकपा)
- धनुषा–४
निर्वाचित : रघुवीर महासेठ (एमाले)
मत : ३२२३६
प्रतिद्वन्द्वी : महेन्द्र यादव (कांग्रेस)
मत : ३२११२
मतान्तर : १२४
समानुपातिक मत :
एमाले– २६९१९
कांग्रेस– २५०२८
जसपा नेपाल– ६७६७
एकीकृत समाजवादी– ५२७४
रास्वपा– २८२६
वर्तमान उम्मेदवार : रघुवीर महासेठ (एमाले), महेन्द्र यादव (कांग्रेस), सञ्जयकुमार महतो (नेकपा), राजकिशोर महतो (रास्वपा)
- सर्लाही–३
निर्वाचित : हरिप्रसाद उप्रेती (एमाले)
मत : ३२९३८
प्रतिद्वन्द्वी : नरेन्द्र साह कलवार (माओवादी)
मत : ३२१६८
मतान्तर : ७७०
समानुपातिक मत :
माओवादी– १५४७१
एमाले– १५००६
जसपा नेपाल– १२०७९
कांग्रेस– ९९७९
रास्वपा– ६९६२
वर्तमान उम्मेदवार : नारायणकाजी श्रेष्ठ (नेकपा), विनोद खनाल (कांग्रेस), हरि उप्रेती (एमाले), नरेन्द्र साह कलवार (रास्वपा)
- पर्सा–३
निर्वाचित : राजकुमार गुप्ता (एमाले)
मत : २४३१९
प्रतिद्वन्द्वी : सुरेन्द्रप्रसाद चौधरी (कांग्रेस)
मत : २४१५२
मतान्तर : १६७
समानुपातिक मत :
कांग्रेस– १७४४३
एमाले– १५२५४
जसपा नेपाल– ४४५०
माओवादी– ३१४३
रास्वपा– १३६४
वर्तमान उम्मेदवार : रूपेश पाण्डे (एमाले), सुरेन्द्रप्रसाद चौधरी (कांग्रेस), रमाकान्त चौरसिया (रास्वपा) र छोटेलाल यादव (नेकपा)
- दोलखा
निर्वाचित : गंगा कार्की (माओवादी)
मत : ३६८२०
प्रतिद्वन्द्वी : बालकृष्ण शिवाकोटी (एमाले)
मत : ३६५०५
मतान्तर : ३१५
समानुपातिक मत :
एमाले– ३०९८६
कांग्रेस– १७००७
माओवादी– ११५८२
रास्वपा– ५५६६
वर्तमान उम्मेदवार : पार्वत गुरुङ (एमाले), अजयबाबु शिवाकोटी (कांग्रेस), विशाल खड्का (नेकपा), जगदीश खरेल (रास्वपा)
- काठमाडौं–१
निर्वाचित : प्रकाशमान सिंह (कांग्रेस)
मत : ७१४३
प्रतिद्वन्द्वी : रवीन्द्र मिश्र (राप्रपा)
मत : ७०१८
मतान्तर : १२५
समानुपातिक मत :
कांग्रेस– ६९९१
रास्वपा– ५६१८
राप्रपा– ५०७२
एमाले– ३७९३
वर्तमान उम्मेदवार : प्रवल थापा (कांग्रेस), मोहनराज रेग्मी (एमाले), रञ्जु दर्शना (रास्वपा), रवीन्द्र मिश्र (राप्रपा), मेनका भण्डारी (नेकपा)
- काठमाडौं–९
निर्वाचित : कृष्णगोपाल श्रेष्ठ (एमाले)
मत : ११९५६
प्रतिद्वन्द्वी : टेकबहादुर पोखरेल (रास्वपा)
मत : १०९६१
मतान्तर : ९९५
समानुपातिक मत :
रास्वपा– ११५०२
एमाले– ९४०६
कांग्रेस– ८००५
राप्रपा– ६१२८
वर्तमान उम्मेदवार : नानु बाँस्तोला (कांग्रेस), अजयक्रान्ति शाक्य (एमाले), डोलप्रसाद अर्याल (रास्वपा), राधाकृष्ण महर्जन (नेकपा)
- भक्तपुर २
निर्वाचित : दुर्लभ थापा (कांग्रेस)
मत : २४२३९
प्रतिद्वन्द्वी : महेश बस्नेत (एमाले)
मत : २३२८२
मतान्तर : ९५७
समानुपातिक मत :
एमाले– १७८७६
कांग्रेस– १४८९४
रास्वपा– ११८९६
नेपाल मजदुर किसान पार्टी– ७८६३
वर्तमान उम्मेदवार : महेश बस्नेत (एमाले), कवीर राणा (कांग्रेस), राजीव खत्री (रास्वपा), रामप्रसाद सापकोटा (नेकपा)
- कपिलवस्तु–२
निर्वाचित : सुरेन्द्रराज आचार्य (कांग्रेस)
मत : ३९०१४
प्रतिद्वन्द्वी : बृजेशकुमार गुप्ता (एमाले)
मत : ३८६९७
मतान्तर : ३१७
समानुपातिक मत :
कांग्रेस– ३१३२५
एमाले– ३०२८७
जसपा, नेपाल– ५६११
रास्वपा– ४२९९
वर्तमान उम्मेदवार : सुरेन्द्रराज आचार्य (कांग्रेस), दीर्घनारायण पाण्डे (एमाले), विक्रम थापा (रास्वपा), बृजेशकुमार गुप्ता (नेकपा)
- दाङ–२
निर्वाचित : रेखा शर्मा (माओवादी)
मत : २६८८०
प्रतिद्वन्द्वी : शंकर पोखरेल (एमाले)
मत : २६६८७
मतान्तर : १९३
समानुपातिक मत :
एमाले– २३५६८
कांग्रेस– १९५९१
रास्वपा– १३०३३
माओवादी– १०८२०
वर्तमान उम्मेदवार : शंकर पोखरेल (एमाले), किरणकिशोर घिमिरे (कांग्रेस), विपिन आचार्य (रास्वपा), निर्मल आचार्य (नेकपा)
- बर्दिया–२
निर्वाचित : लालवीर चौधरी
(स्वतन्त्र, पछि नागरिक उन्मुक्ति)
मत : २६५२०
प्रतिद्वन्द्वी : सुरेश पन्थ (माओवादी)
मत : २६३८४
मतान्तर : १३६
समानुपातिक मत :
नागरिक उन्मुक्ति– २८८१३
कांग्रेस– १६५५
माओवादी– १४७१४
एमाले– १३८७९
रास्वपा– ४५१४
वर्तमान उम्मेदवार : किशोरसिंह राठोर (कांग्रेस), विमला विक (एमाले), श्रीधर पोखरेल (रास्वपा), सुरेश पन्थ (नेकपा)
- दैलेख–१
निर्वाचित : अम्बरबहादुर थापा (एस)
मत : १८२९७
प्रतिद्वन्द्वी : रवीन्द्रराज शर्मा (एमाले)
मत : १७४४५
मतान्तर : ८५२
समानुपातिक मत :
एमाले– १६३१३
कांग्रेस– १५८३७
एकीकृत समाजवादी– ३१६६
माओवादी– २६४५
रास्वपा– ८८७
वर्तमान उम्मेदवार : रवीन्द्रराज शर्मा (एमाले), बासना थापा (कांग्रेस), एनके बस्नेत (रास्वपा), अम्बरबहादुर थापा (नेकपा)
११ सयभन्दा तलको मतान्तर
- बझाङ
निर्वाचित : भानुभक्त जोशी (एस)
मत : २८४१३
प्रतिद्वन्द्वी : ऐनबहादुर महर (एमाले)
मत : २७४१२
मतान्तर : १००१
समानुपातिक मत :
एमाले– २२६७४
कांग्रेस– १९४३७
माओवादी– ८२९५
रास्वपा– १२९६
वर्तमान उम्मेदवार : ऐनबहादुर महर (एमाले), प्रकाश रसाइली स्नेही (कांग्रेस), शैलशकुमार सिंह (रास्वपा), मीनबहादुर कुँवर (नेकपा)
- धनुषा–२
निर्वाचित : रामकृष्ण यादव (कांग्रेस)
मत : २०११२
प्रतिद्वन्द्वी : उमाशंकर अरगरिया (एमाले)
मत : १९०९५
मतान्तर : १०१७
समानुपातिक मत :
एमाले– १७४०३
कांग्रेस– १५४०३
जसपा नेपाल– १३५१३
जनमत– १२९९२
रास्वपा– ६१७
वर्तमान उम्मेदवार : दिनेश पर्सेला (कांग्रेस), उमाशंकर अरगरिया (एमाले), रामविनोद साह (रास्वपा), रामचन्द्र झा (नेकपा)
- महोत्तरी–१
निर्वाचित : लक्ष्मी महतो कोइरी (एमाले)
मत : २३४०२
प्रतिद्वन्द्वी : गिरिराजमणि पोखरेल (माओवादी)
मत : २२३७२
मतान्तर : १०३०
समानुपातिक मत :
माओवादी– १५३९४
एमाले– १२१६७
रास्वपा– ६१२६
कांग्रेस– ४७४८
जनमत– ७
वर्तमान उम्मेदवार : लक्ष्मी महतो कोइरी (एमाले), मुकेशराज काफ्ले (कांग्रेस), प्रमोद महतो (रास्वपा), गिरिराजमणि पोखरेल (नेकपा)
- तेह्रथुम
निर्वाचित : सीता गुरुङ (कांग्रेस)
मत : १९७०७
प्रतिद्वन्द्वी : विजय सुब्बा (एमाले)
मत : १८६३१
मतान्तर : १०७६
समानुपातिक मत :
एमाले– १७२५८
कांग्रेस– १४६०६
माओवादी– ३०६६
रास्वपा– २१८८
वर्तमान उम्मेदवार : भानुभक्त ढकाल (एमाले), सन्तोष सुब्बा (कांग्रेस), सुरेन्द्र कार्की (रास्वपा), रणध्वज कन्दङ्वा (नेकपा)

