२२ माघ, २०८२ ।
काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र देखिएको विवाद अब अन्त्य भइसकेको बताएको छ। पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले पार्टी एकताबद्ध भएर आगामी चुनावमा सक्रिय भइसकेको जानकारी दिए।
साथै, प्रवक्ताले विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य माध्यममा अमर्यादित टिप्पणी र धृणास्पद अभिव्यक्ति दिनुले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिग्रने भएकाले कांग्रेस त्यसबारे सचेत रहेको बताए।

