यही विवाहको चर्चाबीच बिहीबार मृणालको एउटा चकित पार्ने तस्बिर सार्वजनिक भयो । गुलाबी रंगको गाउनमा देखिएकी मृणालको बेबी बम्प प्रस्ट देखिन्थ्यो । उनी गर्भवती महिलाजस्तै हिँडिरहेको देखिन्थिन् र अनुहारका हाउभाउ पनि उस्तै थिए ।
मृणालसँगै अभिनेता वरुण धवन पनि देखिएका थिए । निलो जिन्स र कालो टी–सर्टमा वरुणले मृणालको ख्याल गरिरहेको दृश्य देखियो । उनले मृणाललाई घाम र भीडधक्काबाट जोगाउने प्रयास गरेका थिए ।
मृणालको बेबी बम्प देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता छक्क परेका छन् । धेरैजसोले ‘यो कहिले भयो ?’ भन्ने जिज्ञासा व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले ‘मृणाल साँच्चै गर्भवती हुन् ?’ भनेर प्रश्न गरेका छन् भने अर्का फ्यानले ‘क्युट देखिएकी छौ’ भनेर प्रतिक्रिया दिएका छन् ।
कतिपयले मृणाल विवाहअघि नै गर्भवती भएको अनुमान गरेका छन् भने केहीले यो फिल्मको सुटिङका क्रममा भएको हुनसक्ने बताएका छन् । फ्यानहरूले यति छिटो गर्भावस्था कसरी सम्भव भयो भनेर पनि आश्चर्य व्यक्त गरेका छन् ।
तर मृणाल गर्भवती भएकी भने होइनन् । वास्तवमा मृणालको यो लुक आगामी फिल्म ‘है जवानी तो इश्क होना है’ का लागि हो । बेबी बम्पसहित भाइरल भएका तस्बिर र भिडियो फिल्मको सुटिङ लोकेसनबाट बाहिर आएका हुन् । उक्त फिल्ममा मृणालसँगै वरुण धवन मुख्य भूमिकामा छन् ।
जहाँसम्म मृणालको विवाहको कुरा छ, उनले यसबारे पहिल्यै इन्कार गरिसकेकी छन् ।

