शनिबार, २४ माघ २०८२ ।
कपिलवस्तु – बुद्धभूमि उद्योग वाणिज्य संघले बुद्धभुमी नगरपालिका वार्ड नं. १ भेलाई स्थित सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा फाईवर सिरक प्रदान गरेकाे छ । विद्यालयमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरूका लागि शुक्रबार एक कार्यक्रम गरि १२ थान फाइवर सिरक सहयोग गरेको हाे ।
बुद्धभूमि उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद पौडेल, वाणिज्य उपाध्यक्ष गीता श्रेष्ठ, महासचिव हरिलाल अधिकारी, सचिव मुकुन्द पौडेल, सदस्य डि.पी. वेल्वासे, लेखा सदस्य आर.एन.घिमिरेको आतिथ्यता र अन्य व्यवसायीहरू लगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक डिलाराम पौडेलको अध्यक्षता, सहायक प्र.अ. जीवलाल पन्थीकाे सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विद्यालयमा प्र.अ. डिलाराम पौडेल, बुद्धभूमि उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव हरिलाल अधिकारीले आफ्नो भनाइ राख्नु भएको थियो । विद्यालयमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरूलाई प्रदान गरेको महत्त्वपूर्ण सहयोगका लागि बुद्धभूमि उद्योग वाणिज्य संघलाई विद्यालय प्रअ डिलाराम पाैडेलले धन्यवाद व्यक्त गर्नुभएकाे थियाे ।

