शनिबार २४ माघ २०८२ ।
काठमाडौँ – शनिबारबाट सुरु भएको टी-२० विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
श्रीलंकाको कोलम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.५ ओभरमा अलआउट हुँदै १ सय ४७ रनमा समेटिएको थियो। उसका लागि बास डि लिडले ३० रन बनाउँदा स्कट एडवार्ड्सले ३७ रन बनाए।
त्यस्तै, माइकल लेभिटले २४ तथा कोलिन अक्रमनले २० रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा अर्यान दतको १३ रन रह्यो।
पाकिस्तानका लागि सलमान मिर्जाले ३ विकेट लिँदा मोहमम्द नवाज, अब्रर अहमद र सइम अयुबले २-२ विकेट लिए।
जवाफमा पाकिस्तानले उक्त लक्ष्य ३ बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानको जितमा सहिबजदा फर्हानले ४७ रन बनाउँदा साइम अयुबले २४ तथा बाबर अजामले १५ रन बनाए। त्यस्तै, फहिम असरफले जितमा निर्णायक योगदान दिए। उनले ११ बलमा २ चौका र ३ छक्काको सहयोगमा २९ रनको अविजित इनिङ्स खेलेका थिए।

