२७, माघ २०८२ ।
बुटवल – दिप बोडिङ्ग हाई स्कुल बुटवलले बाल प्रतिभा प्रदर्शन कार्यक्रम समपन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रुपन्देहीका परिक्षा शाखा प्रमुख अमर केसीले दिप बोडिङ्ग हाई स्कुलले गरेका रचनात्मक कार्यक्रम निकै राम्रो र प्रभावकारी रहेको बताए । उनले दिप बोडिङ्ग हाई स्कुलले गरेका कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिदै जानु पर्ने आवश्यकता रहेकाे र विद्यालय स्कुल शिक्षासँगै व्यवहारिक ज्ञान दिनको लागि निकै अगाडी रहेको समेत उनले बताए । किताबी ज्ञान भन्दा विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिँदै जान सके निकै सफलता मिल्ने समेत उनले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि बुटवल उप-महानगरपालिकाका शिक्षा शाखाका अधिकृत यादव विस्टले दिप बोडिङ्ग हाई स्कुलले गरेका कामको प्रशंसा गरे । विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र नहुने भएकाले व्यबहारिक ज्ञान दिनु पर्ने बताए । विद्यार्थीहरुलाई सहि मार्गमा हिँडाउन लागि पनि व्यबहारिक ज्ञान दिनुपर्ने उनले बताए । विद्यालय देशभरि नै अब्बल हुँदै गएको समेत उनले बताए ।
कार्यक्रममा पुर्व विद्यार्थी अभिभावक डाक्टर लक्ष्मण पौडेलले स्कुलसँग भेटघाट हुने पुनर्मिलन हुने वातावरण मिलाए अझ सम्बन्ध नजिकिदैँ जाने बताए । कार्यक्रममा मनिषा बुढाथोकी अभिभावक मन्जु भण्डारी लगायतले बोलेका थिए ।
आज ८ औ दिनसम्म आईपुग्दा विद्यालयमा नर्सरी देखि कक्षा ६ सम्मका विद्यार्थीहरुले प्रतिभा देखाई सकेका छन् । कार्यक्रम २९ गतेसम्म संचालन हुनेछ २९ गते सम्म संचालन हुने कार्यक्रममा कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खालका प्रतिभाहरु देखाउने छन् ।
कार्यक्रममा स्कुलका धेरै जसो विद्यार्थीहरुले प्रतिभा प्रर्दशन गरिसकेको शैक्षिक व्यक्तित्व तथा शिक्षक कलाधर अर्यालले बताए । फरक कलासका विद्यार्थीहरुले फरक फरक खालका रचनात्मक कार्यक्रमको आयोजना गरेको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुको अध्यक्षता स्कुलका प्राचार्य टिकाराम न्यौपानेको स्वागत तथा शिक्षक ईन्द्र सारुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Related Posts
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
© 2026 Ekhasyauli. Designed by Ignite Infosys Pvt Ltd.

