वडाले गर्यो सम्मान
सशस्त्र प्रहरी बलको जवान पदमा नाम निकालेका पाँच जनालाई वडा कार्यालयले सम्मान गरेको छ। वडाध्यक्ष संदीपकुमार पाण्डेयले सम्मान पत्र र खादा ओढाएर उनीहरूलाई सम्मान गरेका छन्। पाण्डेयले युवाहरूले एकै पटक नाम निकालेर वडा र धनकौली कै नाम उँचो राखेको बताए। उनले कृषकहरूका छोराहरूले लामो समयदेखि गरेको मिहिनेतले फल पाएको बताए।
यसअघि पनि सोही वडाका ६० बढी युवाहरू नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा वन रक्षकमा समेत नाम निकालेर कार्यक्षेत्रमा खटिएको पाण्डेयले बताए। सशस्त्र प्रहरीको जवानमा खुलातर्फ पास भएका अरुण केवटले आफूहरूले गरेको मिहिनेत तथा आमाबुवाको आशीर्वादले सफल भएको भनाइ राखे। धनकौली गाउँमा अग्रज दाइहरूको प्रेरणाले आफूहरू यो क्षेत्रमा लाग्न अग्रसर भएको बताए।
उनले देशको सेवामा आफूहरू अनुशासित भए सार्पित हुने बताए। गाउँका अगुवा तथा शिक्षक दयाशंकर केवटले धनकौलीमा नेपाल र सशस्त्र प्रहरी, सेना ताथ वन रक्षक बन्न लहर नै चलेको बताए। उनले युवायुवतीहरूले यसका लागि धेरै मिहिनेत गर्ने गरेको बताए।
