समूह ‘सी’मा रहेको वेस्ट इन्डिजले समूहचरणका सबै चार खेल जित्यो । पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराएको क्यारेबियन टोलीले दोस्रो खेलमा इंल्यान्डलाई ३० रनले र तेस्रो खेलमा नेपाललाई ९ विकेटले पराजित गरेको थियो । बिहीबार समूह चरणको आफ्नो अन्तिम खेलमा उसले इटलीलाई ४२ रनले पाखा लगायो ।
यो समूहबाट ६ अंक भएको इंल्यान्डले शीर्ष ८ मा स्थान बनाएको छ ।
सुपर-८ को आफ्नो पहिलो खेलमा सोमबार वेस्ट इन्डिज र जिम्बाबे आमने-सामने हुनेछन् ।

