बिहीबार ७ फागुन २०८२ ।
अर्घाखाँची : मालारानी गाँउपालिका वार्ड नं. ७ मुलाका चाैरमा चुनावी सभा सम्पन्न गरेकाे छ । सभामा राष्ट्रिय जनमाेर्चा प्रतिनिधि सभा सदस्य पदकाे उम्मेदवार पशुपतिनाथ ढकालले सबै उम्मेदवारकाे तुलनामा आफू सक्षम र ईमानदार रहेकाे उल्लेख्य गर्दै राजमाेकाे विचारमा सधै कटिबद्ध भएर लागेकाे बताउनुभयाे । ढकालले जिल्लाकाे विकासको लागि आफुसँग स्पष्ट खाका रहेकाे बताउँदै गिलास चिन्हमा मतदान गरेर विजय गराउन आग्रह गर्नुभयाे । चुनावी सभामा राजमाे जिल्ला अध्यक्ष थम्मन केसी, निवृत शिक्षक तथा राजमाे नेता राजेन्द्र अधिकारी लगायतले बाेल्नुभएकाे थियाे । राजमाे वार्ड अध्यक्ष नरबहादुर बस्नेतकाे अध्यक्षता र देवेन्द्र कुँवरकाे सञ्चालनमा सम्पन्न कार्यक्रम राजमाे सचिवालय सदस्य भिमलाल आचार्य, कमलप्रसाद घिमिरे , जिल्ला सदस्य विरबहादुर कुँवर, डिलबहादुर खत्री, राजमाे पालिका काेषाध्यक्ष जुद्ध बहादुर कुँवर अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय उपाध्यक्ष उषा राना समाजसेवी शंकर विष्ट लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
त्यसैगरि मालारानी ९ पात्ले, मालारानी ९ माझहल्दे र गाेखुङ्गामा पनि सभा सम्पन भएकाे छ भने मालारानी ९ देउरालीमा जनभेटघाट गरेकाे राजमाेले जानकारी गराएकाे छ ।

