शुक्रबार फागुन ८, २०८२ ।
अर्घाखाँची : अर्जुन चौपारी ऋण सहकारी संस्था लिमिटेड कास्कीले आज सन्धिखर्कमा रहेको साथी सहकारी र साथी सहकारी बहुउद्देश्य संस्थाको अवलोकन भ्रमणको अवसरमा अध्ययनसँगै सिकाई आदानप्रदान गरेको छ। अर्जुन चौपारी ऋण सहकारी संस्था लिमिटेड कास्कीका अध्यक्ष डा. भवानी प्रसाद पौडेलले साथी सहकारीले गरेका नमुनायोग्य कामको खुलेरै प्रशंसा गर्नुभएको थियो। यस सहकारीले सन्धिखर्कमा साथी बहुउद्देश्य सहकारी मार्फत स्थानीय उत्पादनलाई लेबलिङ र बिक्री वितरण गरेर स्थानीयलाई रोजगारी समेत प्रदान गरेकोमा यसको सिको गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।

साथी बहुउद्देश्य सहकारी संस्था अर्घाखाँचीका अध्यक्ष कृष्णप्रसाद भुसालले विभिन्न जिल्लाहरूको भ्रमण गर्ने क्रममा यस सहकारीले हाम्रो साथी सहकारी र साथी बहुउद्देश्य संस्थालाई छनोट गरी भ्रमण गर्ने अवसर मिलाउनुभएकोमा धन्यवाद दिँदै नमुना योग्य कामको एक अर्काले अनुसरण गर्दै लैजाने बताउनुभयो । कार्यक्रममा साथी सहकारीका अध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष धर्मराज भुसाल, साथी सहकारी बहुउद्देश्य संस्थाका सल्लाहकार नेत्रप्रसाद भुसाल, लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम साथी बहुउद्देश्य सहकारी संस्थाका प्रबन्धक रामबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको हो।

