शुक्रबार फाल्गुन ८, २०८२ ।
काठमाडौँ — जेन-जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई सर्वोच्च अदालतले फेरि पनि साधारण तारिखमा राखेको छ ।
अधिवक्ता प्रेमराज सिलवालका अनुसार सर्वोच्चले फागुन २२ लाई साधरण तारिख तोकेको छ । सरकारले २१ फागुनमा निर्वाचनको तयारी पूरा गरेको छ । मुद्दाको अंग नपुगेकाले पेशी नतोकिएको उनले बताए ।
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
