सोमबार फागुन ११, २०८२
बुटवल : युवा लेखक सुर्य गहतराजद्वारा लिखित पुस्तक जेन्जी सपना , भ्रम र यथार्थ नामक पुस्तक विमोचन भएको छ । बिमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि अन्टार्क्टिका महादेशमा पुग्ने पहिलो नेपालि भुवन सिङ्ग बिश्वकर्मालले डिजिटल युग भयपनि पुस्तक दस्तावेजीकरण हुने बताए । डिजिटल युगमा पुस्तक प्रकाशन गर्नु निकै राम्रो कुरा भएको उनले बताए । कर्म नै धर्म हो त्यसैले पुस्तकबाट सफलता पाइने बताए । लेख्ने कुरा सजिलो नभएको बताउदै लेख्न निकै मेहनत गर्नुपर्ने बताए ।
पुस्तकका प्रकाशक सुर्यकुमार गहतराजले पुस्तकको बारेमा जानकारी गराएका थिए । कतिपय युबाहरु राजनितिको चपेटामा परेको र अहिले केहि युबाहरु भ्रममा परेको कुरा पुस्तकमा समावेस गरिएको बताउदै अहिलेको युग भनेको ईन्टरनेटको भएकाले युवाहरुमा संघर्ष केहो दुख केहो सफलता पाउन के गर्नु पर्छ कसरि अगाडी बढ्न सकिन्छ भन्ने बारेमा पुस्तकमा बताउन खोजिएको कुरा पुस्तकमा समाबेस गरिएको बतार ।
कार्यक्रममा सानिमा रिलाईन्स लाईफ ईन्सुरेन्सका प्रदेश प्रमुख ईन्द्र विश्वकर्माले पुस्तक लेखन निकै प्रशंसनीय रहेको बताए अझ जेन्जिको बारेमा पुस्तक प्रकाशन गर्नु निकै सकारात्मक रहेको समेत उनले बताए । अहिलेका पुस्ताहरुले पढ्न मिल्ने खालको पुस्तक रहेको बताउदै पुस्तक निकै प्रेणादायिक बन्ने बताए ।
उद्यमि कृषि सहकारी संस्थाका अध्यक्ष भरत रसाईलिले पुस्तक लेख्ने काम आफैमा निकै गाह्रो हुने बताए । पुस्तकले युबाहरुलाई सकरात्मक सन्देस दिने गरि प्रकाशन भएको समेत उनले बताए ।
लेखक तथा प्राधानध्यापक गोबिन्द शर्मा बस्यालले लेख्नु सिर्जना गर्नु सामन्य कुरा नभएको बताए । अझ पुस्तक प्रकाशन गर्नु निकै राम्रो काम भएको उनले बताए । लेखन कलाको बिकास हुदै जानुपर्ने समेत बताए । विद्यार्थीहरुलाई पढ्नु पर्छ भन्ने बानिको बिकास गराउदै लानु पर्ने समेत बताए । अहिलेका युबा पुस्ता डिजिटलमा भुलेको बताउदै अबका युबाहरुको ज्ञान र सिपलाई पर्योगमा ल्याउन पर्ने बताए ।
परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले किताव सबैले पढपाउने गरि आयको बताए । पुस्तक प्रकाशन गर्नु निकै राम्रो भएको समेत उनले बताए । पुस्तक बितरणको जिम्मा शुलभ बुक्स एण्ड स्टेसनरीले लिएको छ । पुस्तकका प्रकाशक सुर्य गहतराजको अध्यक्षता पुस्तक बितरक शुलभ बुक्स एण्ड स्टेसनरीका संचालक बोधराज शर्माको स्वागत पत्रकार सन्जय सौगातको सन्चालनमा कार्यक्रम समपन्न भएको थियो ।

