यो घटनाबारे फेयरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले अनुसन्धान गरिरहेको छ । घटनास्थल पुगेर प्रमाणहरू संकलन गर्ने र सम्भावित मानवीय क्षति रोक्ने काममा संलग्न भएपछि फेयरफ्याक्स प्रहरी प्रमुख केभिन डेभिसले घटनाबारे सञ्चारकर्मीहरूलाई बताएका थिए । डेभिसले सञ्चारकर्मीहरूलाई उक्त घटनाबारे बताएको विवरणको सम्पादित अंश :
एउटा अपार्टमेन्टभित्र ३० वर्षका एक पुरुष र उनकी श्रीमती, उनीहरूको एक वर्षको शिशु, र श्रीमतीका आमा–बुबा (५० वर्ष हाराहारीका) बस्थे । आज बिहान कुनै समयमा ज्वाइँले आफ्नो कारबाट हिउँ झारिरहँदा अपार्टमेन्टमा हल्लाखल्ला सुने । त्यस समय अपार्टमेन्टभित्र उनकी श्रीमती, उनीहरूको एक वर्षको शिशु र उनका सासु–ससुरा थिए । प्रहरीमा कल गर्ने व्यक्ति पनि नजिकैको भवनमा बस्छिन्, उनले पनि हल्लाखल्ला सुनिन् । यसरी ज्वाइँबाट र भवनका अर्का बासिन्दाबाट लगभग एकैसाथ ९११ मा दुईपटक कल आयो । प्रारम्भिक अनुसन्धानअनुसार ज्वाइँ अपार्टमेन्टभित्र पुग्दा उनले चक्कु प्रहारबाट घाइते भएकी श्रीमतीलाई देखे र सँगै हातमा दाउ लिएर बसेका ससुरा देखे ।
मलाई यो घटनाको वर्णन गर्न पनि गाह्रो भइरहेको छ । घटनास्थलबाट बरामद भएको दाउमा झन्डै १० इन्चको धार छ । ज्वाइँ पुग्दासम्म ससुराले आफ्नी छोरीलाई धारिलो हतियारले हानिरहेका थिए । त्यसपछि उनले ज्वाइँमाथि हतियार ताके । त्यसैले यो घटनामा तीन जनामाथि प्रहार भयो । हतियार प्रहारबाट छोरीको घटनास्थलमै मृत्यु भयो । श्रीमती घाइते थिइन् (जो समाचार तयार पार्दासम्म बितिसकेकी छिन्) । अनि घाइते ज्वाइँ गम्भीर अवस्थामा छन् र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
खुसीको कुरा, शिशु सुरक्षित छ । यो दृश्यलाई रक्तरञ्जित भन्नु पनि कम हुन्छ । ५० वर्षका यो व्यक्तिले आफ्नै परिवारमाथि गरेको क्षति, अराजकता र संहार कल्पना गर्न नसकिने छ ।
हाम्रा प्रहरी अधिकारीहरू सूचना पाएको केही मिनेटभित्रै घटनास्थल पुगेका थिए । उनीहरू अपार्टमेन्टमा प्रवेश गर्दा ससुरा ज्वाइँलाई दाउ हानिरहेका थिए । प्रहरीले अपराधी अर्थात् ससुरालाई बारम्बार दाउ छाड्न आदेश दिए । तर उनले दाउ छाडेनन्, बरु प्रहरीको आँखै अगाडि ज्वाइँलाई प्रहार गरिरहे ।
हुनतः ९११ मा कल गर्ने दुई जनामध्ये एक ज्वाइँ नै हुन् । तर प्रहरी आउनुअघि नै उनले ससुरालाई रोक्ने प्रयास गरेका थिए । पक्कै पनि उनले आफ्नो शिशुको उद्धार गर्न यस्तो गरेका थिए । यो दृश्य देखिरहेका प्रहरीले गोली हानेर (अपराधी) अर्थात् दाउ बोकेको त्यो व्यक्तिलाई मारिदिए, जसले आफ्नै छोरीलाई मारिसकेको थियो र आफ्नै श्रीमती र ज्वाइँलाई क्रूरतापूर्वक दाउ हानेको थियो । म कल्पना पनि गर्न सक्दिनँ त्यो चार भित्ताभित्र के भइरहेको थियो ।
यो हल्लाखल्ला सुनेर छिमेकीले ९११ मा कल गर्नु प्रशंसनीय छ । यस्तो क्रूरतापूर्वक आफ्नै परिवारजनमाथि चक्कु चलाउन बाध्य हुने मनस्थिति र परिस्थिति के थियो ? म बुझ्न सक्दिनँ ।
कुनै पनि जीवनको क्षति हामी सबैले गम्भीरतापूर्वक लिन्छौं । फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले जीवन बचाउन मात्रै गोली चलाउने हो, आज यस्तै भयो ।
हाम्रो प्रहरी जवानले ससुराबाट प्रहार खेपिरहेका व्यक्तिको जीवन बचाउन गोली प्रहार गरे । ती व्यक्ति अझै गम्भीर अवस्थामा छन् र उनको शल्यक्रिया भइरहेको छ जस्तो लाग्छ ।
उक्त अपार्टमेन्टबाट यसअघि कहिल्यै पारिवारिक हिंसा वा अन्य घटनाका उजुरी आएका थिएनन् । प्रहरीमा त्यस्तो रेकर्ड छैन । तर त्यहाँ के हुन्थ्यो, त्यस विषयमा बयान दिने मानिस छैन । तीन जनाको मृत्यु भइसकेको छ, ज्वाइँ बेहोस छन् । होसमा रहेको एक्लो व्यक्ति शिशु मात्रै हो

