बिहीबार २८ फागुन, २०८२ ।
काठमाडौँ : गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भनिने राजीव गुरूङ बुधबार रिहा भएका छन्।
उनी डिल्लीबजार कारागारमा थिए। कारागार प्रमुख बाबुराम अर्यालका अनुसार उनी बुधबार छुटेका हुन्।
२०६१ वैशाख ३१ गते मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनी दोषी करार भएका थिए।
पाउनुपर्ने सजाय भुक्तान गरी उनी बुधबार छुटेका हुन्।

