साेमबार, २ चैत २०८२
काठमाडौं : निर्वाचन आयोगले ११० समानुपातिक सांसदको सूची सार्वजनिक गरेको छ। थ्रेस होल्ड कटाएका ६ राजनीतिक दलले बुझाएको सूची विधिअनुसार नै भएपछि आयोगले सोमबार सांसदको सूची प्रकाशित गरेको हो।
केही दिनमै उनीहरूलाई प्रमाणपत्र दिने आयोगको तयारी छ । समानुपातिकतर्फ रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति र राप्रपाले ४/४ सिट जितेको छ।
समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई आयोगले नागरिकता/राष्ट्रिय परिचयत्र र दुईप्रति तस्बिरसहित मंगलबारभित्र आयोगमा सम्पर्क गर्न आयोगले भनेको छ।





