मंगलबार, ।
काठमाडौं : गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानविन गरी दोषी उपर आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
मोरङको मनमोहन टेक्निकल इन्टच्यूमा चिनियाँ राष्ट्रपति सि जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताव जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो।
उक्त घटनाको छानविन तथा कारवाही गर्न काठमाडौास्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।
सोही पत्रउपर गृह मन्त्रालयले आवश्यक कारवाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो । सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको सिडिओ प्रशासन र प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।

