बुधबार ।
ललितपुरको ग्वार्कोस्थित रास्वपाको अभिमुखीकरण कार्यक्रममा समापन सम्बोधन गर्न पुगेका उनले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका सांसद्मा जे जस्तो भएपनि देशको संविधान, संसदको नियमावली र पार्टीको विधान मानेर अघि बढ्न निर्देशन दिएका हुन् ।
व्यक्तिको चाहनाभन्दा पनि देशको आवश्यकता अनुसार काम गर्नुपर्ने उनको भनाइ छ। मुलुक र जनताप्रति बफादार भएर अघि बढ्न उनले सबैलाई अनुरोध गरे।
यो देश अहिले पनि नबने कहिल्यै नबन्ने भन्दै उनले नेपालीले दिएको ठूलो मतको कदर गर्न पनि सबैलाई अनुरोध गरे । सानो बोलीले अप्ठ्यारो पार्ने भएकाले जथाभावी नबोल्न पनि सभापति लामिछानेले सबैलाई सुझाव दिए।
रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ। कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने पुगेका छैनन्।

