शनिबार ७ चैत २०८२ ।
बुटवल : गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा एक वृद्ध मृत्यु भएको अवस्थामा फेला परेका छन् । तम्घासका ७५ वर्षीय ज्ञानेश्वर पाण्डे शनिबार दिउँसो करिब २ बजेतिर तम्घासबाट गौशाला जाने सडकबाट करिब १०–१५ मिटर तल मेत अवस्थामा भेटिएका थिए ।
सडकबाट लडेर उनको मृत्यु भएको हुनसक्ने स्थानीयको आशंका छ । घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा टोली खटिएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

