शनिबार १४ चैत २०८२ ।
काठमाडौँ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले गुण्डुस्थित घरबाट पक्राउ गरेकाे छ ।
पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि प्रहरी ओलीलाई पक्राउ गर्न गुण्डु पुगेको थियो ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेन–जी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले पक्राउका लागि लिखित आदेश मागेपछि राती नै गृहसचिव राजकुमार श्रेष्ठ कानुन सचिव परासर ढुंगानालाई लिएर प्रहरी प्रधान कार्यालय पुगेका थिए ।
यो बीचमा उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार मध्यरातिसम्म पक्राउ गर्ने विषयमा गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए ।
कार्की आयोगले प्रधानमन्त्री रहेका केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको थियो ।
उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । यस्तो छ पक्राउ पूर्जी


