आईतवार, १५ चैत २०८२ ।
काठमाडौ : नयाँ सरकारप्रति सेयर लगानीकर्ता उत्साहित हुन सकेका छैनन् । नयाँ सरकार गठनपछिको पहिलो कारोबारमै सेयरबजार परिसूचक नेप्से ७१ अंकले घटेको छ । आइतबार नेप्से ७१.०५ अंकले घटेर २ हजार ८७९.११ विन्दुमा कायम भएको हो ।
आज सेयरबजारमा ३३३ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १० कम्पनीका सेयरमूल्य बढेका छन् भने २५५ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरबजारमा ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर १५ अर्ब ३ करोड ३३ लाख ११ हजार रुपैयाँमा किनबेच भएको छ ।
सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमा सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचक ३.२८ प्रतिशतले घटेको छ । रिलायन्स् स्पिनिङ मिल्स्, सुपर खुदी हाइड्रोपावर तथा रिज लाईन इनर्जीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक लिमिटेडको बोण्डमा लगानीकर्ता तथा हिमाल दोलखा हाइड्रोपावर कम्पनीका सेयरधनी रहेकाे छ ।
