आइतबार १५ चैत २०८२ ।
काठमाडौं : विद्यालय तथा उच्च शिक्षामा भर्नाका लागि सरकारले प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्स बन्द गराउने निर्णय गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले आगामी बैशाख १ गतेदेखि लागुहुने गरी यस्तो निर्णय गरेका हुन्।

यसले शिक्षाको समतामुलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र बिद्यार्थीलाई आर्थिक भार समेत पार्ने भएकाले बन्द गरिएको मन्त्रालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ। यसको जिल्ला प्रशासन कार्यालयलाई अनुगमनको जिम्मेवारी दिइएको छ।

