आईतवार २२ चैत्र, २०८२ ।
काठमाडौँ : साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ ।
आइतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से अन्तिममा १०५.५० अंक घटेको हो । अघिल्लो दिनको तुलनामा ३.७९० प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ७६.६८ अंकमा ओर्लेको छ ।
कारोबारमा आएकामध्ये ७ कम्पनीको मूल्य बढ्यो भने २६१ कम्पनीको घटेको छ । आइतबार कुल १ लाख ४१ हजार ३६ पटकको सेयर किनबेचमा ३ करोड १२ लाख ६ हजार १ सय ६२ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनाका कारोबार रकम बढेको हो । गत बिहीबार सेयर बजारमा ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्से १०५ अंकले घटेको हो ।

