बिहीबार २६ चैत २०८२ ।
काठमाडौं : संघीय संसद्का दुवै सदनको चालू अधिवेशन चैत २७ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अधिवेशन अन्त्य गरेका हुन्।
त्यसअघि शुक्रबार दिउँसो ३ बजे राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। सोही दिन प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन हुनेछ।

