बुधबार, २ बैशाख २०८३ ।
काठमाडौँ : मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बस्ने भएको हो।
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयहरूमा छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ।
सरकारले संसद्मा उपस्थित ६ वटै दलको घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक गरेको छ। हिजो उक्त प्रतिबद्धतापत्र सार्वजनिक भएसँगै आज बस्ने तय भएको मन्त्रिपरिषद्को बैठकलाई विशेष प्राथमिकताका साथ हेरिएको छ।
