शुक्रबार ११ बैशाख २०८३ ।
अर्घाखाँची : भूमिकास्थान नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै विद्यालयमा आईतबारदेखि शुक्रबार सम्मै नियमित पठनपाठन सञ्चालन गर्ने भएकाे छ । नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनाअनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियानसँगै विद्यालय सञ्चालनलाई व्यवस्थित बनाउन यस्तो निर्णय बताईएकाे छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त पत्र, नेपाल सरकारको प्रकाशित सूचना तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्राप्त अधिकारका आधारमा नगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी निर्णय गरेको जनाएको छ।
नगरपालिकाका अनुसार अब विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन गर्नुपर्नेछ। साथै, शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन नियमित कक्षाको व्यवस्था गर्न सबै विद्यालयलाई आग्रह गरिएको छ। नगर प्रमुख झविलाल थापाद्वारा हस्ताक्षरित उक्त सूचनामा विद्यालयहरूलाई निर्देशन पालना गर्न अनुरोध गरिएको छ।


