शुक्रबार ११ बैशाख २०८३ ।
पाल्पा : “श्रमकाे सम्मान, राष्ट्रको अभियान” भन्ने मुल नाराका साथ रिब्दीकोट गाउँपालिकाको आयोजनामा एक दिने अभिमुखिकरण तथा सचेतता कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा न. ३ को वडा कार्यालय खस्यौली, पाल्पामा सम्पन्न भएको कार्यक्रमकाे रिब्दीकोट गाउँपालिका वडा न.३ का वडा अध्यक्ष नारायण बहादुर के.सी.काे अध्यक्षतामा सम्पन्न भएको हाे ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीकाे प्रमुख आतिथ्यता र उपाध्यक्ष कन्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालकाे विशिष्ट आतिथ्यतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा वार्ड न. ३ का जनप्रतिनिधि, कर्मचारीहरु तथा रोजगार सेवा केन्द्रका कर्मचारीहरु लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा स्वागत एवं कार्यक्रम सम्बन्धी प्रस्तुतिकरण रोजगार संयोजक दुर्गा पछाइले गर्नुभएको थियाे भने संचालन रोजगार सहायक शिव प्रसाद पोखरेले गर्नुभएको थियाे ।

