खेलकुद मन्त्रालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार राखेपले कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो। छानबिनका क्रममा राखेपले एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो।
खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि एन्फा पदाधिकारीको राहदानी रोक्का गरिएको राखेपले जनाएको छ। आफ्नो निर्देशनलाई अटेर गर्दै एन्फाले ‘अर्ली इलेक्सन’ गर्न लागेपछि राखेपले गत चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।
तर एन्फा अध्यक्ष नेम्वाङलगायत केही पदाधिकारी निलम्बनकै क्रममा विश्व फुटबल महासङ्घ ९फिफा० कंग्रेसमा भाग लिन क्यानडा जाने तयारीमा रहेपछि उनीहरुको भ्रमणमा रोक लगाइएको हो

