साेमबार ।
सरकारले यसअघि नै यो अध्यादेश जारी गर्न राष्ट्रपति पौडेललाई पठाएकोमा उनले आइतबार मात्रै पुनर्विचारको लागि सरकारलाई फिर्ता पठाएका थिए। त्यसमा कुनै पुनर्विचार नगरी हुबहु राष्ट्रपतिसमक्ष बुझाउने निर्णय भएको मन्त्री पोखरेलले बताए।
यस्तै सोमबारको बैठकले भारतसँग जी टू जी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
यसैगरी परम्परागत पोइलरलाई इलेक्ट्रोनिक पोइलरले प्रतिस्थापन गराउन, उद्योगहरूलाई कर्जा उलपब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।
उनका अनुसार बैठकले संसद् भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ।

