बिहिवार २४, बैशाख २०८३
काठमाडौं : सुशी ट्रेनिङ नेपालले स्थापनाकाे दुई बर्षपछि आफ्नाे शाखा विस्तार गरेकाे छ । लामाे समयदेखि जर्मनमा काम गरि अनुभव संगाल्नु भएका राजीव चाम्लिङ राईले काठमाडौंकाे गाेंगबु बसपार्कमा शाखा खाेलेकाे बताउनुभयाे ।

उद्घाटनमा बोल्दै उहाँले शिप सिकेर विदेश मात्रै जानुपर्छ भन्ने छैन आफ्नो देशमा पनि आत्मनिर्भर बन्न सकिने कुरा उल्लेख गर्दै काम नसिकि विदेश जाँदा नेपालीले दुख भोग्नु पर्ने र विदेशीहरूको इसारामा काम गर्नुपर्दा गाह्राे हुने समेत बताउनु भयाे ।

सुशी ट्रेनिङ नेपालकाे पहिलो शाखा बाल कुमारीमा रहेकाे छ । राईले सानै देखी व्यवसाय गरि आफ्नै देशमा केही गर्ने सपना देखेको र त्याे सपनाले सफलता प्राप्त गरेकाे बताउनुभयाे । आफू सुचना प्रविधि क्षेत्रमा शिक्षा हासिल गरे पनि फरक ठीक व्यवसाय राेजेकाे जानकारी गराउँदै भन्नुभयाे -” जीवनमा सफलता प्राप्त गर्न संघर्ष र मेहनत गर्नु नै पर्छ, साथमा हिम्मत आँट र साहस जुटाउनु पनि आवश्यक छ ।”

