शुक्रबार २५ बैशाख २०८३ ।
काठमाडौं : परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइको प्रक्रिया जारी रहेको बताएको छ।
शुक्रबारको नियमित प्रेस मिटमा मन्त्रालयले इरानको विषम अवस्था र त्यहाँको न्यायिक प्रणालीअन्तर्गत केही कानुनी प्रक्रिया बाँकी रहेको जनाएको हो। इरानको परराष्ट्र मन्त्रालय र झाको परिवारसँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
‘इरानको बन्दरअब्बासमा राखिएका नेपाली नागरिक अमृत झाको रिहाइको विषय हाल प्रक्रियामै रहेको छ। इरानको हालको विषम अवस्था र त्यहाँको न्यायिक प्रणालीअन्तर्गत केही कानुनी प्रक्रिया बाँकी नै रहेकाले केही समय लाग्न सक्ने देखिएको छ,’ परराष्ट्रले भनेको छ।

