आर.एन. इन्टरटेन्मेन्ट नामक फेसबुक पेजबाट एकै व्यक्तिले १८ वटा ग्याँस प्रयोग गरी दुरुपयोग भएको भन्दै भ्रामक सूचना फैलाइएको नगरपालिकाले विज्ञप्ति निकाली जानकारी गराएकाे छ ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले प्रेस विज्ञप्ति जारी गदै एकै व्यक्तिले प्रयोग गरेको भनेर भ्रामक प्रचार गरिएका ग्यास सिलिण्डरहरू विभिन्न स्थानमा, विभिन्न प्रशासनिक तथा सेवा सम्वन्धी प्रयोजनका लागि आवश्यकताको आधारमा वितरण गरिएको बताएका छन्।
नगरपालिकाले कार्यपालिकाको निर्णयअनुसार नै कार्यालय प्रयोजनका लागि विभिन्न वडा कार्यालय, स्वास्थ्य चौकीका लागि विभिन्न स्थानमा भाडामा लिई कार्यालय संचालन गरिएको जनाएको छ। त्यसै सिलसिलामा प्रमुख प्रशासकीय भवनवाट नजिक पर्ने टोपलाल पाण्डेको घरमा समेत कार्यालयको प्रयोजनका लागि ६ वटा कोठाहरू भाडामा लिइएको जनाएको छ।


