Author: eKhasyauli.com

 ११ बुधबार ११ चैत्र २०८२ । काठमाडौं : अमेरिका र क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्टरनेशनल  एण्ड ग्लोबल करिअरसमिट २०२६’ आयोजना हुने भएको छ । अर्बिट इन्टरनेशनल एजुकेशन र स्ट्र होल्डिङ्सको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम अमेरिकास्थित एमपावर फाइनान्सिङ कम्पनीको सहकार्यमा सञ्चालन हुन लागेको हो । एमपावरले  अमेरिका र क्यानडा पढ्न चाहने विद्यार्थीका लागि विना धितो शैक्षिक ऋण प्रदान गर्छ ।   आगामी चैत १५ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सो समिट सञ्चालन हुने स्ट्र होल्डिङ्सले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणका रूपमा एमपावरका अन्तर्राष्ट्रिय विशेषज्ञहरू सहभागी…

Read More

मंगलबार १० चैत २०८२ । अर्घाखाँची — जिल्लाको छत्रदेव गाउँपालिकाले वडा नं. ३, ४ र ६ मा रहेका करिब १५ वटा पसल तथा खाजाघरमा बजार अनुगमन गरेको छ । अनुगमन टोलीको नेतृत्व गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले गर्नुभएको थियो। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका नायब सुब्बा, गुनासो सुनुवाइ तथा विपद् व्यवस्थापन शाखाका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता, घरेलु शाखा प्रमुख, कृषि तथा पशु शाखा प्रमुख, रोजगार शाखा प्रमुख, मेडेपा शाखा प्रमुख, पत्रकार तथा प्रहरी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अनुगमनका क्रममा अधिकांश पसलमा म्याद नाघेका खाद्य सामग्री भेटिएका थिए। विशेषगरी बालबालिकाले उपभोग गर्ने खाद्य वस्तुमा…

Read More

साेमबार ९, चैत २०८२ । काठमाडौं :स्नो रिभर्स लिमिटेडले आज (चैत ९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ करोड ३७ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि…

Read More

साेमबार ९ चैत २०८२ । काठमाडौं : सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (चैत ९ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।…

Read More

आईतवार ८ चैत २०८२ । बुटवल : आधिकारिक तथ्याङ्कअनुसार अर्थशास्त्रीहरूको स्थिर रहने अपेक्षा विपरित फेब्रुअरी महिनामा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.३ प्रतिशत पुगेको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सलेसार्वजनिक गरेको विवरणअनुसार जनवरीमा ४.१ प्रतिशत रहेको आधिकारिक बेरोजगारी दर फेब्रुअरीमा बढेर ४.३ प्रतिशत पुगेको हो । जनवरी र फेब्रुअरीको बीचमा रोजगार प्राप्त अष्ट्रेलियालीहरूको संख्या ४८ हजार ९ सयले बढेको छ । यद्यपि, सोही अवधिमा बेरोजगार अष्ट्रेलियालीहरूको संख्यामा ३५ हजार (अर्थात ५.६ प्रतिशत)ले वृद्धि भएका कारण रोजगारीको त्यो वृद्धिलाई यसले सन्तुलित गरिदिएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन र अष्ट्रेलियन एसोसिएटेड प्रेसले जानकारी दिएअनुसार अर्थशास्त्रीहरूले फेब्रुअरीमा बेरोजगारी दर ४.१ प्रतिशत मै स्थिर रहने…

Read More

आईतवार ८ चैत २०८२ । बुटवल : पाल्पामा टिप्पर दुर्घटना हुँदा अर्घाखाँचीक चालक सहित ४ को मृत्यु भएको छ । मृत्यु हुनेमा चालक अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार , सोही स्थानका २६ वर्षीय सुनिल बिक, रुपन्देही देवदह नगरपालिका वडा नम्बर २ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय राजन चिदी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार शनिबार राति माथागढी गाउँपालिका वडा नम्बर ४ झडेवाबाट वडा नम्बर ७ रहबासतर्फ रहेको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर दुर्घटनामा परेको…

Read More

शनिबार ७ चैत २०८२ । कपिलवस्तु : जिल्लाको महाराजगन्ज नगरपालिकाको बर्गदा गाउँमा शनिबार बिहान दुई समुदायबीच धार्मिक विषयमा भएको विवादले उग्ररूप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।  शनिबार मुस्लिम समुदायको पर्व ईदका अवसरमा मस्जिदमा नमाज पढ्ने क्रममा त्यही नजिक रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन लगाइएको भन्दै मुस्लिम र हिन्दु समुदायबीच विवाद हुँदा उग्ररूपमा लिएको थियो । विवादपछि दुई समुदायबीच ढुंगा हानाहानसमेत भएको थियो । घटनापछि निमित्त प्रजिअ भविश्वर घिमिरेले सूचना जारी गर्दै शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महराजगन्ज नगरपालिकाको पूर्व बगर्दी पुल, पश्चिम बहादुरगन्ज चोक, उत्तर महाराजगन्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न…

Read More

शनिबार ७ चैत २०८२ । बुटवल : गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा एक वृद्ध मृत्यु भएको अवस्थामा फेला परेका छन् । तम्घासका ७५ वर्षीय ज्ञानेश्वर पाण्डे शनिबार दिउँसो करिब २ बजेतिर तम्घासबाट गौशाला जाने सडकबाट  करिब १०–१५ मिटर तल मेत अवस्थामा भेटिएका थिए । सडकबाट लडेर उनको मृत्यु भएको हुनसक्ने स्थानीयको आशंका छ । घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा टोली खटिएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

शुक्रबार ६ चैत २०८२ । काठमाडौं : मध्यपूर्व तनाव (इरान र इजरायल युद्ध) को बाछिटा नेपालमा पनि देखिन थालेका छन् । आयातमा आधारित अर्थतन्त्र त्यसमा पनि पेट्रोलिय पदार्थको हिस्सा करिब १७ प्रतिशत भएकाले मुद्रास्फीति तथा आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम देखिएको हो । नेपालको कुल आयातमध्ये करिब १७ प्रतिशत पेट्रोलियम पदार्थको छ । कुल आयातको करिब ६५ प्रतिशत हिस्सा भारतबाट हुने गर्छ । मध्यपूर्वको तनाव लम्बिएको खण्डमा भारतको बजार पनि प्रभावित हुने भएकाले नेपालमा असर पर्नु स्वभाविक हुने अर्थशास्त्रीहरू बताउँछन् । इनर्जी क्राइसिसको असर मुद्रास्फीतिमा प्रत्यक्ष पर्नेमा अर्थशास्त्रीहरू एकमत देखिन्छन् । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य प्रतिब्यारेल १० डलरले वृद्धि हुँदा…

Read More

शुक्रबार, ६ चैत्र २०८२ । काठमाडौं : ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन्। नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार हाल ब्रोइलर चल्ला प्रतिवटा ९० र लेयर्सको १६० रुपैयाँमा बिक्री हुन थालेका छन्। ब्रोइलरको लागत मूल्य ६५ र लेयर्सको १२०  रुपैयाँ पर्न आउँछ। यसले दुई वर्षभन्दा बढी समय लागत मूल्यभन्दा कममा चल्ला बेच्नुपर्दा समस्यामा परेका ह्याचरी उद्योगलाई राहत पुगेको उनले बताए। पुसयता क्रमशः मूल्य बढ्दै गएको हो। त्यसअघि २५ रुपैयाँसम्ममा बोइलर चल्ला बेच्नुपर्ने बाध्यता रहेको थियो। मूल्य घटेपछि उद्योगले दुई सातासम्म चल्ला उत्पादन नै रोकेका थिए। यहाँ दुई सय ५० भन्दा बढी ब्रोइलर चल्ला र…

Read More