Author: eKhasyauli.com

बिहीबार, ५ चैत २०८२ । काठमाडौं : आठौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताको त्रिवि क्रिकेट मैदानमा हुने निर्धारित खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइसीसी विश्वकप लिग–२ को लागि त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि त्रिवि मैदानमा हुने खेल तल्लो मूलपानी मैदानमा सारिएको हो । त्रिवि क्रिकेट मैदानमा ५ वटा खेलहरु हुने गरी तालिका सार्वजनिक गरिएको थियो । अब ती खेलहरु तल्लो मूलपानी मैदानमा हुनेछन् । त्यसबाहेक माथिल्लो मूलपानी मैदानमा ५ वटा र अन्य खेलहरु जनकपुर र पर्सामा हुने गरी तालिका सार्वजनिक भएको थियो ।…

Read More

बिहीबार, ५ चैत्र २०८२ ।  काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरिएको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सबैलाई नियन्त्रणमा लिएको हो। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मंगलबार र बुधबार पक्राउ परेका हुन्। भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधिसहित एक जना, भद्रपुर नगरपालिका-६ बाट  खैरो हेरोइनसहित सात जना, बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ लल्का पुल नजिकबाट नौ किलो गाँजासहित दुई जना, महोत्तरीको बर्दिबास नगरपालिका-३ बाट खैरो हेरोइनसहित चार जना र कञ्चनपुरको बेलौरी नगरपालिका-१० घाँटबाट एक जनालाई पक्राउ गरिएको हो।

Read More

बिहीबार, ५ चैत,२०८२ । अर्घाखाँची : डिभिजन वन कार्यालय अर्घाखाँचीमा वनमा लाग्ने डढेलोको जोखिमलाई न्यूनीकरण गर्न ड्रोन अनुगमन सुरु गरिनेजानकारी गराएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत नियन्त्रण र पूर्वतयारीलाई थप सुदृढ बनाउने उद्देश्यले ड्रोन अनुगमन सुरु गर्न लागिएको हो । वन क्षेत्रमा हुने सम्भावित आगलागीको समयमै पहिचान, क्षतिको यथार्थ मूल्यांकन तथा आगो लागेपछि त्यसको स्रोत पहिचान गर्न पनि ड्रोनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सम्बन्धित निकायको छ । विशेषगरी, आगलागी कसले र कसरी गर्‍यो भन्ने विषयमा तथ्य संकलन गर्न ड्रोन प्रविधि प्रभावकारी हुने विश्वास गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशर खड्काले बताए । जिल्ला वन क्षेत्र समन्वय समितिको हालै…

Read More

बिहीबार, ५ चैत २०८२ । काठमाडौं : मौसम परिवर्तनसँगै धुवाँधुलो वृद्धिजस्ता कारणले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । गर्मी मौसम सुरु हुन लागेसँगै अन्य मानिसको तुलनामा बालबालिकालाई बढी सताउने गर्छ । तापक्रम वृद्धिसँगै प्रदूषण तथा धुवाँधुलो बढ्दै जान्छ । जसका कारण बालबालिकामा विभिन्न संक्रमण हुने जोखिम बढेर जान्छ । भाइरल ज्वरो र झाडापखाला मौसम परिवर्तनमा बालबालिकामा एक्कासि ज्वरो आउने हुन सक्छ । जसले गर्दा शरीरको तापक्रम १०२ देखि १०४ डिग्रीसम्म पुग्ने गर्छ । भाइरल ज्वरो एक व्यक्तिबाट अर्काेमा सजिलै सर्ने भएकाले यो निकै खतरनाक पनि हुन्छ । यस्तो वेला सामान्यतया पाँच वर्षमुनिका बालबालिकामा बेहोस हुने, कमजोर देखिने, चिसो लाग्ने तथा एक्कासि खोकी बढ्नेजस्ता लक्षण देखिन सक्छ । यस्तो…

Read More

बिहीबार, ५ चैत्र २०८२ । काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा, क्यानेडियन…

Read More

बिहीबार, ५ चैत्र, २०८२। काठमाडौँ  : निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन । ‘६ चैतमा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुनेछ । राजीनामा दिने अधिकार र निर्णय सभापतिको हो, उहाँले दिनुभएको छ,’ पार्टीका एक पदाधिकारीले थापाको राजीनामा पुष्टि गर्दै भने, ‘तर स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमिति बैठकको अधिकार हो ।’ २७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति…

Read More

विहिवार, ५ चैत, २०८२ । काठमाडौं : चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उनले बताए । यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ । शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् । आसार शुक्ल पक्ष, असोज शुक्ल पक्ष,…

Read More

बुधबार, ४ चैत २०८२ । काठमाडौं : सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम गर्न निर्देशन दिइएको बताए। ‘सचेतना कार्यक्रमले डेङ्गु सङ्क्रमण घट्दै गएको पाइएको छ,’ उनले भने, ‘गर्मी सुरुसँगै डेङ्गु सङ्क्रमण जोखिम रहेका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेका छौं।’ पाँच गुणाले घट्यो सङ्क्रमण महाशाखाका अनुसार अघिल्ला वर्षको तुलनामा गतवर्ष डेङ्गु सङ्क्रमण पाँच गुणा घटेको पाइएको छ। सन् २०२४ को…

Read More

बुधबार ४ चैत्र २०८२ ।  काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देशको संविधान, संसदको नियमावली र पार्टीको विधान मानेर अघि बढ्न सबै सा‌‌सदलाइ निर्देशन दिएका छन्। ललितपुरको ग्वार्कोस्थित रास्वपाको अभिमुखीकरण कार्यक्रममा समापन सम्बोधन गर्न पुगेका उनले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका सांसद्मा जे जस्तो भएपनि देशको संविधान, संसदको नियमावली र पार्टीको विधान मानेर अघि बढ्न निर्देशन दिएका हुन् । व्यक्तिको चाहनाभन्दा पनि देशको आवश्यकता अनुसार काम गर्नुपर्ने उनको भनाइ छ। मुलुक र जनताप्रति बफादार भएर अघि बढ्न उनले सबैलाई अनुरोध गरे। यो देश अहिले पनि नबने कहिल्यै नबन्ने भन्दै उनले नेपालीले दिएको ठूलो मतको कदर गर्न पनि सबैलाई…

Read More

बुधबार, ४ चैत  २०८२ । काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार मध्यान्हको समयमा दुर्घटनाग्रस्त भयो । काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन् । काठमाडौं घर भएका काजीबहादुर राईको दाहिने खुट्टामा सामान्य चोट लागेको केपिलासगढी गाउँपालिका-२ का वडाध्यक्ष मिलनकुमार राईले जानकारी दिए । वडाध्यक्ष राईका अनुसार हेलिकप्टरमा नागमणि राईका आफन्तहरू सवार थिए । उनकी श्रीमती मनमछी राईको यूकेमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव नेपाल ल्याइएको थियो । वाडध्यक्ष राईले अनलाइनखबरसँग भने,…

Read More