Author: eKhasyauli.com
शुक्रबार, २९ फागुन २०८२ । काठमाडौँ : वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताउनुभयो । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उहाँले बताउनुभयो । प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिनु, कुपोषणको देखिनु जस्ता समस्या पनि देखिने गरेका विज्ञहरूले बताउने गरेका छन् । यस्तै,…
शुक्रबार २९ फागुन २०८२ । बुटवल: महिनावारी हुनु एक प्राकृतिक प्रक्रिया हो । महिलाको प्रजनन प्रणाली सही तरीकाले चल्न पनि महिनावारी हुनु जरुरी छ । महिलाको महिनावारी अनियमितता हुँदा यसको असर सिधा स्वास्थ्यमा पदर्छ । महिनावारीको समय महिलाको शरीरमा धेरै परिवर्तन आउँछन् । यसमा कसैलाई पेट दुख्ने समस्या हुन्छ भने कतिलाई ढाड दुख्ने समस्याले सताउँछ । महिनावारीको यीनै पिडादायिक अवस्थाबाट बच्न अहिले धेरै महिला महिनावारी रोक्ने उपाय अपनाउँदै छन् । यो विधिलाई अग्रेजीमा ‘पिरियड् सप्रेशन’ भनिन्छ । यसमा महिलाले महिनावारी कम अथवा बन्द गर्ने गर्छन् । यसमा चक्कीको सहायताले महिनावारी बन्द गर्ने गरिन्छ भने कतियप अवस्थामा रक्तश्रावको बहाव कम गरिन्छ…
शुक्रबार, २९ फागुन २०८२ । सुर्खेत : १६ वर्षीया किशोरी इनिसा विकलाई न्याय दिनु पर्ने माग राख्दै विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् । शुक्रवार बिहान उनकै कक्षा साथीहरू इनिसालाई न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि प्रदर्शनमा उत्रिएका हुन् । इनिसा वीरेन्द्रनगर–६, घण्टाघर नजिक रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा विज्ञान विषय लिएर पढी रहेकी थिइन् । प्रदर्शनमा सहभागीहरूलाई ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जस्टिस फर इनिसा, वि वान्ट जष्टिस’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । विद्यालय परिसरबाट सुरु भएको विरोध र्याली जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा पुगेर प्रदर्शन गरेका छन् । उनीहरूले इनिसा विकको…
शुक्रबार २९ फागुन २o८२ । काठमाडौं : उपभोक्ताले शुक्रबारदेखि आधा भरिएको ग्यास सिलिन्डर पाउने भएका छन् । भारतबाट आयात हुने ग्यास परिमाण घट्न थालेपछि आयल निगमको निर्देशनमा उद्योगीले आधा ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने भएका हुन् । निगम सञ्चालक समितिको निर्णयअनुसार आधा सिलिन्डर ग्यासको मूल्य पनि आधा नै अर्थात् ९५५ रुपैयाँ तोकिएको छ । यसअघि ०७२ मा भारतले नेपाललाई नाकाबन्दी गरेका वेला पनि आपूर्ति घट्दा आधा भरिएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइएको थियो । पूरा भरिएको सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ । अब आउने ग्यासमा ७.१ किलो ग्यास हुन्छ । हाल दैनिक खपत १३२ सिलिन्डर भए पनि भारतले विश्व बजारबाट आपूर्ति कम भएको कारण देखाउँदै नेपाल निर्यात…
शुक्रबार, २९ फागुन २०८२ । काठमाडौं : सोपान फर्मास्यूटिकल्स लिमिटेडले चैत ९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले ५ प्रतिशत…
शुक्रबार, २९ फागुन २०८२ । काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिएकी हुन् । केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताईएकाे छ ।
बिहीबार २८ फागुन, २०८२ । काठमाडौँ : गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भनिने राजीव गुरूङ बुधबार रिहा भएका छन्। उनी डिल्लीबजार कारागारमा थिए। कारागार प्रमुख बाबुराम अर्यालका अनुसार उनी बुधबार छुटेका हुन्। २०६१ वैशाख ३१ गते मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनी दोषी करार भएका थिए। पाउनुपर्ने सजाय भुक्तान गरी उनी बुधबार छुटेका हुन्।
बुधबार २७ फागुन २०८२ । विराटनगर : उदयपुरको निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। निर्वाचन परिणाम घोषणा भइसकेपछि सार्वजनिक भएको विवरणले राजनीतिक तथा आर्थिक पृष्ठभूमि सम्बन्धी विवादलाई सतहमा ल्याएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार तामाङ १४ हजार ८०२ मत प्राप्त गर्दै सांसदमा विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ र नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ७ हजार २९० मत पाए। धेरैले अप्रत्याशित मानेको यो जितपछि तामाङको आर्थिक पृष्ठभूमिसम्बन्धी तथ्य बाहिर आएको हो। कर्जा सूचना…
बुधबार २७ फागुन २०८२ । काठमाडौं : जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न ४ बजे विशेष मौसम बुलेटिन जारी गरी बिहीबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले मौसमको हालको प्रदूषणको अवस्थामा क्रमिकरूपमा सुधार हुने सम्भावना रहेको जनाएको हो । महाशाखाले नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै सञ्चित रहँदा केही दिनदेखि देशका…
बुधबार,२७ फागुन २०८२ । काठमाडौं : गत भदौ २३ र २४ को जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगले करिब ६ महिना लगाएर तयार गरेको प्रतिवेदन गत आइतबार सरकारलाई बुझाएको थियो । यो प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा खुल्नेछ । आगामी मन्त्रिपरिषद् बैठक भने तय भइसकेको छैन । सरकारले जेनजी आन्दोलनबारे जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा तीन सदस्यीय आयोग बनेको थियो । आयोगका सदस्य समेत रहेका प्रवक्ता विज्ञानराज शर्मा भने यो प्रतिवेदन सरकारको सम्पत्ति…
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
