Author: eKhasyauli.com
शुक्रबार फाल्गुन २२, २०८२ । मुस्ताङ — हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी बनेका छन् । गौचन ३ हजार ३ सय ७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत पाए। गौचन विघटित प्रतिनिधि सभा सदस्य थिए । उनी कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा हुन्।
शुक्रबार फागुन २२, २०८२ । काठमाडौँ — काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शना विजयी भएकी छिन् । रञ्जु १५ हजार ४ सय ५५ मतसहित विजयी भएकी हुन्। कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत ल्याए । त्यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत ल्याए । यसअघि ०७९ को चुनावमा उनले काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवार बन्दा ६ सय मत ल्याएकी थिइन् । त्यसअघि २०७४ स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनी २३ हजार ४ सय ३९ मतसहित…
बिहीबार फागुन २१, २०८२ । काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् । एक थोपा पनि रगत बनगी निर्वाचन सम्पन्न भएको र यसमा सबैको साथ र सहयोग रहेको उनको भनाई छ। गृहमन्त्री अर्यालले राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको भन्दै प्रधानमन्त्रीको अभिलाषा बमोजिम “एक थोपा पनि रगत नबगी“ निर्वाचन गर्ने कार्य सम्पन्न भएको उल्लेख गरेका हुन्। लोकतान्त्रिक प्रकृयाको महत्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचन मार्फत जनादेश लिनु संवैधानिक र कानूनी दृष्टिले सर्वोत्तम पक्ष भएको उनको भनाई…
बिहीबार फागुन २१, २०८२ । काठमाडौं : भ्रष्टाचार, शासकीय अव्यवस्था र निश्चित नेताको घेराबन्दीमा रहेका दलहरूले खेलेको सत्ताको म्यूजिकल चेयर विरुद्ध जेनजी युवाहरूले गत भदौ २३ र २४ मा गरेको विद्रोहले तत्कालीन सत्ता संरचना नै ढल्यो । आन्दोलनबाट तत्कालीन राजनीतिक दलहरूको सरकार मात्र हटेन केही समयका लागि मुलुक शासकीय शून्यताको अवस्थामा पुग्यो । त्यही संक्रमणकालीन अवस्थाबाट मुलुकलाई निकास दिँदै संवैधानिक ट्र्याकमा राख्ने जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलको काँधमा आएको थियो । संविधानको संरक्षक समेत रहेका राष्ट्रपतिले मुलुकको अभिभावक भूमिका निर्वाह गर्दै स्थितिले सम्हाल्ने भूमिका खेले । जुन भूमिकाको जग आज नेपालमा चुनाव भयो । ‘लोकतन्त्रप्रति आस्थावान् व्यक्ति भएकाले उहाँले लोकतान्त्रिक प्रक्रिया…
बुधबार फागुन २०, २०८२ । काठमाडौं : ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीहरूको विवरण संकलन थालिएको छ । नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको परिस्थितिका कारण यूएईमा रहेका नेपालीहरूको विवरण संकलन थालिएको हो । कन्सुलर सेवा विभागले यूएईमा रोकिएका र कम्पनीको भिसा रद्द गरी नेपाल जाने क्रममा असहज परिस्थितिमा परेकालाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । त्यसका लागि विभागले अनलाइनमार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । यूएई ट्रन्जिट परेर रोकिएका यात्रुलाई अनलाइन तथा क्युआर कोडमार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । इरान र इजरायल–अमेरिकाबीचको युद्धका कारण समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहयोगका लागि अनलाइन…
मध्यपूर्वको आकाशमा युद्धको बादल थप चर्किरहेको छ। यसैबिच अमेरिकाले इरानको सबै एन्टी मिसायल प्रविधिहरु तोडिएको बताउँदा इरानले भने पछिल्लो २ दिनमै ६ सय ५० अमेरिकी सैनिक मारिदिएको बताएको छ। तर यी आँकडालाई अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वायुसेना र नौसेनालाई ‘लगभग निष्क्रिय’ पारिएको घोषणा गरेसँगै यस क्षेत्रको द्वन्द्वले नयाँ र आक्रामक मोड लिएको छ। पछिल्लो सैन्य कारबाही केवल सामरिक अखडामा मात्र सिमित नभई सिधै इरानी सत्ताको माथिल्लो तहलाई लक्षित गरिएको राष्ट्रपति ट्रम्पले स्पष्ट पारेका छन्। इजरायली सैन्य स्रोतहरूका अनुसार इरानको भावी सर्वोच्च नेता चयन गर्ने शक्तिशाली समूहसँग सम्बन्धित एक गोप्य परिसरमासमेत इजरायलले प्रहार गरेपछि स्थिति थप…
बुधबार फाल्गुन २०, २०८२ । काठमाडौँ : प्रतिनिधिसिभा सदस्य निर्वाचनमा केही प्रमुख नेताहरू आफैंलाई मतदान गर्नबाट वञ्चित हुने भएका छन् । स्थायी बसोबास भएको क्षेत्रको मतदाता सूचीमा नाम भएको तर उम्मेदवारी भने अर्को क्षेत्रमा दिएकाले उनीहरूले आफैंलाई मतदान गर्न नपाउने भएका हुन् । प्रतिनिधिसभा निर्वाचनमा मुलुकको जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ । सोही सुविधा उपभोग गर्दै नेताहरू आफ्नो मतदाता नामावली नभएका क्षेत्रबाट समेत उम्मेदवार बनेका हुन् । आफूलाई मतदान गर्न नपाउने नेताहरूले सम्बन्धित क्षेत्रबाट पार्टीका प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई मतदान गर्नेछन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार छन् । उनको मतदाता नामावली भने सूर्यविनायक नगरपालिका बालकोटमा छ । भक्तपुर–२ बालकोटस्थित महेन्द्र…
बुधबार फागुन २०, २०८२ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरिएको जनाएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारको स्पष्ट कार्यदिशाअनुरूप निर्वाचन सम्पन्न गर्न मातहतका सबै निकायलाई निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ। उनले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै देशभरका सुरक्षा प्रमुखहरूसँग नियमित समन्वय, अनुगमन र ब्रिफिङमार्फत तयारीलाई तीव्रता दिएका छन्। सुरक्षा निकायको विश्लेषणअनुसार विगतको तुलनामा वर्तमान निर्वाचन केही संवेदनशील र प्रतिकूल परिस्थितिमा हुन लागेको छ।…
मंगलबार फागुन १९,२०८२ । काठमाडौं: अमेरिका–इजरायलको संयुक्त हमलाको पहिलो लहरमै अयातुल्लाह अली खामेनीको हत्या भएपछि इस्लामिक गणराज्य इरान सन् १९७९ को इस्लामिक क्रान्तिपछि सबैभन्दा निर्णायक मोडमा पुगेको छ। यस सैन्य अभियानमा इरानका वरिष्ठ सैनिक तथा राजनीतिक नेतृत्वलाई लक्षित गरिएको थियो। अमेरिकाले यस आक्रमणबाट इरानको सत्तात्मक संरचना कमजोर बनेको दाबी गरेको छ। शनिबार साँझसम्म खामेनीको मृत्युको खबर व्यापक रूपमा फैलिएपछि इरानका विभिन्न शहरहरूमा खुसी मनाइरहेका दृश्य सार्वजनिक भए। विदेशमा बसोबास गर्ने इरानी समुदायका केही समूहहरूले पनि यसलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गरेका छन्। वर्षौंको नागरिक प्रतिरोधपछि पनि खामेनीलाई हटाउन नसकिएको अवस्थामा उनको मृत्युले नयाँ राजनीतिक अध्याय सुरु भएको संकेत दिएको…
मंगलबार फागुन १९ , २०८२। काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले नेपाल प्रेसलाई बताए । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
