Author: eKhasyauli.com

साेमबार फागुन ११, २०८२ । काठमाडौं : निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न आग्रह गरेको छ। आयोगल‍े आइतबार विज्ञप्ति जारी गरेर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरुपको निर्वाचन चिह्न प्रयोग गरेको भन्दै ध्यानाकर्षण गराएको हो।  निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको गुनासोहरू आएको आयोगले जनाएको छ। आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्ड बमोजिम आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्न सक्ने छन्। सोको सट्टामा…

Read More

साेमबार फागुन ११, २०८२ । काठमाडौं : धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ घाइते भएको छन्। राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आँउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो । उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी सुनिल गिरिको कमाण्डमा बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । मृत्यु भएका १७ जनाको शव घटनास्थलमानै रहेको छ । त्यस्तै घाइते २४ जनालाइ उद्धार गरेर…

Read More

आईतवार फागुन १०, २०८२  । काठमाडौं : निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘निर्वाचनमा मतदाताकाे उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फाुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयाेगले नेपाल सरकारलाई सिफारिस गरेकाे छ’ उनले भने ।बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

Read More

आईतवार फाुगन १० २०८२ । काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । शनिबार काठमाडौँ र मकवानपुरको विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सफल बनाउन आम नागरिकको सक्रियता जरुरी रहेको उल्लेख गरेका थिए । सरकारको प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षमा अनुरोध गरे…

Read More

आईतवार फागुन १०, २०८२ काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यु आदेशलाई निरन्तरता दिएका हुन् । अत्यावश्यक कार्यका लागि आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म भने कर्फ्यु केही खुकुलो पारिएको छ । साढे ८ बजेपछि भने फेरि अर्को आदेश जारी नभएसम्म पुन: कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको सूचनामा उल्लेख छ । शनिबार दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु आइतबार बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि…

Read More

शनिवार फागुन ९, २०८२ । काठमाडौं : रूसी सिनेटरले युक्रेनी सरकारले जानीजानी नागरिक र बालबालिकाहरूलाई निशाना बनाएर शान्ति सम्झौतामा ढिलाइ गर्न खोजेको आरोप लगाएका छन् । एनेर्गोदर स्थित एउटा विद्यालयमा युक्रेनी ड्रोनले आक्रमण गरेपछि रूसी पक्षबाट यस्तो कडा प्रतिक्रिया आएको हो । एनेर्गोदरका मेयर म्याक्सिम पुखोभका अनुसार एउटा युक्रेनी ड्रोन विद्यालयको आँगनमा रहेको रूखमा ठोक्किएर विस्फोट भएको थियो। उक्त समयमा विद्यालयमा ६०० बालबालिका र १०० कर्मचारीहरू रहेका थिए । यस घटनामा कोही पनि घाइते भने भएनन् । सिनेटर इगोर कास्त्युकेविचले खेरसन क्षेत्रको बेख्तेरी गाउँमा भएको अर्को आक्रमणको चर्चा गर्दै, विद्यालय समयमा भएको उक्त प्रहारमा २५ जना घाइते भएको जानकारी दिएका…

Read More

शुक्रबार फागुन ८, २०८२ कपिलवस्तु : कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय गोरुसिङे बाट खटिएको प्रहरी टोलीले फागुन १ गते साविक महुँवा गाविस वडा नं. ८ हाल बुद्धभूमि नगरपालिका वडा नं. ६ कोहनौलियाका ५० वर्षीय सट्टु यादवलाई नियन्त्रणमा लिएको हो। प्रहरीले खानतलासी गर्दा उनको साथबाट नेपाली रुपैयाँ १,००० दरका ९९ थान र विभिन्न स्थानमा कारोबार गरिएका २ थान गरी जम्मा १,०१,००० रुपैयाँ बराबरका १०१ थान नक्कली जस्तो देखिने नोट बरामद गरेको जनाएको छ। थप अनुसन्धानका क्रममा सो कार्यमा संलग्न…

Read More

शुक्रबार फाल्गुन ८, २०८२ । काठमाडौँ — जेन-जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई सर्वोच्च अदालतले फेरि पनि साधारण तारिखमा राखेको छ । अधिवक्ता प्रेमराज सिलवालका अनुसार सर्वोच्चले फागुन २२ लाई साधरण तारिख तोकेको छ । सरकारले २१ फागुनमा निर्वाचनको तयारी पूरा गरेको  छ । मुद्दाको अंग नपुगेकाले पेशी नतोकिएको उनले बताए । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

Read More

शुक्रबार फागुन ८, २०८२ । बुटवल : मानिस काम गर्न भन्दा आराम गरेर बस्न धेरै रुचाउँछ । आनन्दले बस्न पाए मानिस सन्तुष्ट हुन्छ । तर निस्क्रिय भएर बस्ने मानिसहरु धेरै रोगका सिकार हुन्छन् । स्वस्थ रहनका लागि सक्रिय जिवनशैली आवश्यक रहन्छ । ‘दैनिक एकबट्टा चुरोट खानेलाई क्यान्सर लाग्ने जति धेरै खतरा छ, त्यो भन्दा धेरै खतरा निस्क्रिय भई व्यायाम र मेहनतबाट पन्छिएर निस्क्रिय जीवन जिउनेहरूलाई छ ।’ बढ्दो आधुनिक जिवनशैलीसँगै मानिसहरु निकै निस्क्रिय भईरहेका छन् । सुख–सुविधा र साधनहरूको उपयोगसँगै अल्छे र निस्क्रिय जीवनशैलीले हाम्रो समाजलाई रोगी बनाउँदैछ । अहिले प्रत्येकको घरमा कसै न कसैलाई मधुमेह, उच्च रक्तचाप, युरिक एसिड,…

Read More

शुक्रबार फागुन ८, २०८२ ।  काठमाडौं : सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ । भारत र श्रीलंकामा चलिरहेको टी–२० विश्वकपको सुपर ८ को टुंगो लागेसँगै दुई वर्षपछि हुने अर्को विश्वकप खेल्ने १२ टोलीको निश्चित भएको हो । अस्ट्रेलिया र न्युजिल्यान्डले आयोजक राष्ट्रका रूपमा ११औँ संस्करणको विश्वकप खेल्नेछन् । जारी विश्वकपमा सुपर ८ मा प्रवेश गरेका भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, जिम्बाबे र वेस्ट इन्डिजले पनि आउँदो विश्वकपमा स्थान पक्का गरेका छन् । सुपर ८ बाहिर रहेकामध्ये अहिले टी–२० आई वरीयतामा माथि रहेका तीन राष्ट्रले पनि आगामी विश्वकप खेल्न पाउनेछन् ।…

Read More