Author: eKhasyauli.com
आईतवार ३ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको नेपाल आयल निगमले जानकारी गराएको छ । आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल/मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ । यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ । त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ ।
आईतवार ३ फागुन २०८२ काठमाडौँ — रुसले विपक्षी नेता तथा भ्रस्टाचार विरोधी अभियन्ता एलेक्सी नभाल्नीलाई डार्ट भ्यागुतोको विष प्रयोग गरेर मारेको आरोप बेलायत र उसका युरोपेली सहयोगीहरुले लगाएका छन् । बेलायत, स्वीडेन, फ्रान्स, जर्मनी र नेदरल्याण्ड्सले संयुक्त विज्ञप्ति जारी गर्दै अनुसन्धानबाट डार्ट भ्यागुतोको विष प्रयोग भएको देखिएको बताए । रुसमै बसेर राष्ट्रपति भ्लादिमिटर पुटिनको विरोधमा अभियान चलाउनसक्ने थोरै साहसी व्यक्तिमध्ये नाभाल्नी एक मानिन्थें ।उनले भनेका थिए, ‘यदी उनीहरु मलाई मार्न चाहन्छन् भने हामी बलियो छौं । हामीले यो शक्तिलाई आत्मसमर्पण गर्न हुन्न । प्रयोग गर्नुपर्छ ।’ १६ फेब्रुअरी २०२४ मा साइबेरियास्थित आर्कटिक पेनल कोलोनीमा उनको रहस्यमय निधन भएको थियो । लडेर बेहोश भएपछि उपचारमा लैजाँदा उनको होश नखुलेको…
आईतवार ३ फाल्गुन , २०८२ काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भ्रष्टाचारीहर”को सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोेषणा पत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका सचिव प्रेम सुवालले ठूला भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजाय गर्नुपर्ने कुरा समेत घोषणा पत्रमा उल्लेख गरिएको बताउनु भयो । घोषणा पत्रमा जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानुन व्यवस्था खारेज गराउन र बुबाआमा दुवै वंशजको नेपाली नागरिकको छोराछोरीलाई मात्र वंशज नेपाली नागरिक हुने कानुन व्यवस्थाका लागि संघर्ष चालु राखिने भनिएको छ । त्यसैगरी विश्वविद्यालयका कुलपति, रेक्टर, रजिष्ट्रारहरू, संवैधानिक आयोगका पदाधिकारी, सेना र प्रहरीका प्रमुख,…
आईतवार फागुन ३, २०८२ काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले फागुन ३ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारको १५ दिने समय सीमा सुरु भएको घोषणा गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार राजनीतिक दल र उम्मेदवारहरूले फागुन १८ गते राति १२ बजेसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रमहरू गर्न पाउनेछन् । त्यसपछि ‘मौन अवधि’ सुरु हुने र यस समयमा कुनैपनि प्रकारका चुनावी गतिविधि, छलफल वा ‘कानेखुसी’ गर्न समेत निषेध गरिएको छ । राजनीतिक दलहरूले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त…
आईतवार ३ फागुन, २०८२ महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरुले बताउँछन् । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो…
आईतवार ३ फागुन, २०८२ बुटवल : बुटवलमा रहेको इन्टलेक्च्युअल एकेडेमीले आफ्नो स्थापनाको १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले इन्टलेक्च्युअल एकेडेमीले छोटो समयमै सिकाई र संस्कारको उत्कृष्ट संयोजन गरी बुटवल क्षेत्रमा बेग्लै पहिचान बनाएको बताए। स्कुल अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउदै आगामी दिनमा अझ व्यवहारिक शिक्षा दिँदै जानुपर्ने बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेलले विद्यालयको सफलताको आधार नै विद्यार्थीको बहुआयामिक विकास भएको उल्लेख गरे । उनले भने “हामी विद्यार्थीलाई अक्षर मात्र चिनाउँदैनौँ, उनीहरूभित्र लुकेको प्रतिभा प्रस्फुटन गराएर असल नागरिक बनाउन केन्द्रित…
शनिवार, २ फाल्गुन २०८२ काठमाडौं : सुर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। शुक्रबार इभन पार ६८ खेलेका उनले समग्रमा ६ अन्डर २ सय ६६ सहित उपाधि जितेका हुन्। उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराउँदै लगातार दोस्रो पटक उपाधि जिते। उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। भुवनको यो करियरको १३औं उपाधि हो। समग्रमा २ अन्डर २ सय ७० को स्कोरमा सञ्जय र दिनेशले संयुक्त रूपमा दोस्रो स्थान हात पारे। सञ्जयले शुक्रबार १ओभर ६९ र दिनेशले ३ ओभर ७१ मा खेल सकाए। उनीहरूले समान ९५…
शनिबार, २ फाल्गुन २०८२ काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देलले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन्। महाशिवरात्रि तथा २६२ औँ सेना दिवसका अवसरमा शनिबार सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकल दर्तालाई शुभकामनासहित सम्बोधन गर्दै उनले नेपाली सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन समेत विशेष निर्देशन दिए। उनले नेपालको गौरवमय गाथा, परम्परा, सस्कृति, चिन्न, गौरव गर्न तथा इतिहासका पाठहरूबाट सिक्न सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन र अध्यापन गराउन समेत निर्देशन दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको…
शुक्रबार १ फागुन, २०८२ । अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच परस्पर सहकार्य आवश्यक रहेको बताउनुभएको छ । छत्रदेव गाउँपालिका–१ मा रहेको आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सानै उमेरदेखि बालबालिकालाई अनुशासित बनाउन नैतिक शिक्षालाई अनिवार्य गर्नुपर्नेमा जोड दिनुभएको हो ।‘तपाईंहरूले कस्तो खालको शिक्षा दिइरहनु भएको छ, ती विद्यार्थीको नतिजा कस्तो आइरहेको छ भन्ने विषयमा ध्यान दिन जरुरी छ । बोर्डिङको फेसन बढ्दै गएको छ । तर, तपाईंहरूले मेहनत गर्नुभयो भने बोर्डिङभन्दा राम्रो शिक्षा दिन सक्नुहुन्छ । यो विद्यालयलाई नमुनायोग्य बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो–‘अभिभावकहरूलाई निवेदन…
शुक्रबार १ फाल्गुन २०८२ । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ। मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो। आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए। यस्तै, ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सम्पन्न भएको छ। हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी,…
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
