Author: eKhasyauli.com

२३ माघ, २०८२ काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका छन् । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको भण्डारीले बताएका हुन् । ‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल सुरु गरेका हौँ’, कावा प्रमुख आयुक्त भण्डारीले भने । भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो । त्यसक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते निर्वाचनको…

Read More

२२ माघ, २०८२ । काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी सरकारको नियतमाथि नै प्रश्न उठाएका छन्। बिहीबार बिहान उपाध्यक्ष विष्णु पौडेललाई लिएर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका ओलीले सरकारले चुनावलाई लक्षित गरेर गरेका कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन्। ओलीले देशमा लोकतान्त्रिक शक्तिहरुलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री कार्कीसँग गुनासो गरेको बालुवाटार स्रोतले जानकारी दियो। भेटमा जेनजी आन्दोलनका कारण फागुन २१ गते हुन लागेको चुनावको सम्भावित परिणाम लोकतान्त्रिक शक्तिलाई विस्थापित गर्ने डिजाइन भएको दाबी गरेका छन्। स्रोतले भन्यो, ‘ओलीजीले सरकारले डिजाइनमा काम गरिरहेको छ भन्नुभयो।’ झापा ५ मा ओलीसँग प्रतिस्पर्धा गर्न रास्वपाका बालेन शाहले उम्मेदवारी दिएका छन्। यसप्रति ओलीले…

Read More

२२ माघ, २०८२  जस(नाइजेरिया) । नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले १६२ जनाको हत्या गरेपछि राष्ट्रपति बोला अहमद टिनुबुले तत्काल सेनाको बटालियन तैनाथ गर्दै देशको सुरक्षा व्यवस्था सुदृढ पार्ने आदेश दिनुभएको छ । मङ्गलबार राति वोरो गाउँमा भएको आक्रमण सेनाको हालैका कारबाहीपछि भएको हो । सेनाले यस क्षेत्रमा ‘आतङ्कवादी तत्वहरू’ विरुद्ध कारवाही गरेको थियो । बन्दुकधारीहरूले पसल र परम्परागत शासकको घरमा आगो लगाएको थिए र घाइतेहरू झाडीमा भागेको रेडक्रसका क्वारा राज्य सचिव बाबोमो आयोदेजीले बताउनुभयो । आयोदेजीका अनुसार मृतकको सङ्ख्या हाल १६२ पुगेको छ र थप शवहरूको खोजी जारी छ । प्रहरीले आक्रमणको पुष्टि गरेको छ, तर हताहतको सङ्ख्या स्पष्ट छैन ।…

Read More

२२ माघ, २०८२ । काठमाडौँ – नेकपा एमालले रुकुमपूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवारलाई दिएको समर्थन फिर्ता लिएको छ । यसअघि भएको सहमति अनुसार एमालेले रुकुम पश्चिममा प्रलोपाकै जनार्दन शर्मा र पूर्वमा सन्दीप पुनलाई समर्थन गर्ने सहमति गरेको थियो । तर, नयाँ समहमति गर्दै पुनलाई दिएको समर्थन फिर्ता लिएको हो । रुकुमपूर्वमा एमालेका लिलामणि गौतम उम्मेदवार छन् । २०८२ माघ १८ गते भएको सहमतिलाई दुवै दलले संशोधन गर्दा एमालेले रुकुमपूर्वमा दिएको समर्थन फिर्ता लिएको हो । नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् । नयाँ सहमतिमा कर्णाली प्रदेशका हुम्ला, जुम्ला…

Read More

२२ माघ २०८२ काठमाडौँ । पछिल्लाे समय यूरोपमा देशहरूले एक पछि अर्को गर्दै १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइरहेका छन् । यसैबिच भारतमा पनि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा राजनीतिक र नीतिगत क्षेत्रमा चर्को बहस भइरहेको छ ।  अस्ट्रेलियाले हालै लागू गरेको उमेर–आधारित कडा प्रतिबन्धलाई आधार बनाएर भारतका राज्यहरूले यस्तै कानुनको सम्भाव्यता अध्ययन गरिरहेका छन् ।गत साता भारतको वार्षिक आर्थिक सर्वेक्षणले केन्द्र सरकारलाई बालबालिकाका लागि उमेर–आधारित सीमा विचार गर्न सिफारिस गरेपछि बहस थप बलियो बन्न पुगेको हो । यद्यपि सर्वेक्षणका सुझाव बाध्यकारी होइनन् । भारतजस्तो ठुलो र विविध डिजिटल परिदृश्यमा…

Read More

जैतुन तेल  : जैतुन तेलमा एन्टी अक्सिडेन्ट हुन्छ । यसलाई त्वचामा लगाउनाले सुख्खा तथा फूस्रो छालालाई नरम र सुन्दर बनाउन मद्दत गर्छ । नरिवल तेल : नरिवलको तेलले प्राकृतिक रुपमा त्वचालाई सुन्दर र नरम बनाउँछ । यसलाई मुहारमा लगाउनाले मुहारमा चमक पैदा हुन्छ । दही : दहीम लेक्टिक एसिड हुन्छ । साथै एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले छालामा हुने ब्याक्टेरियालाई नष्ट गर्छ । मह : महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुख्खा छ भने सधैं राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ । जौ : जौको पीठो दूधमा…

Read More

कुनै समय मुअम्मर गद्दाफीका उत्तराधिकारीका रूपमा हेरिने उनका माइला छोरा सैफ अल–इस्लाम गद्दाफी मंगलबार मारिएका छन् । लिबियाको पश्चिमी सहर जिन्टानमा आफ्नै घरमा बसिरहेको समयमा केही बन्दुकधारीले अल–इस्लामलाई गोली हानी मारिएको उनका राजनीतिक सल्लाहकार अब्दुल्लाह ओथमानले पुष्टि गरेका छन् । ५३ वर्षका अल–इस्लाम सन् २०११ मा उनका पिता अपदस्थ भएदेखि नै जिन्टानमा बस्दै आएका थिए । बिचमा केही वर्ष जेलमा परी सन् २०१७ पछि कैदमुक्त भएका अल–इस्लाम राजनीतिमा फर्कने तयारीमा थिए ।  जिन्टानस्थित अल–इस्लामको घर पसेका ‘चारजना नकाबधारी व्यक्ति’ले अन्धाधुन्ध गोली हानी उनको हत्या गरेको भनिएको छ । सन् २०११ को विद्रोहअघि धेरैले सैफ अल–इस्लामलाई आफ्नो पिताको उत्तराधिकारीका रूपमा  हेर्थे । पिताको शासनकालमा उनी लिबियाका दोस्रो…

Read More

२२ माघ,  २०८२  काठमाडौं – आइसीसी पुरुष टी-२० विश्वकपको वार्म-अप खेलमा नेपालले क्यानडामाथि ६ विकेटको सानदार जित हात पारेको छ।भारतको चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १२ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो। १६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर आसिफ शेखले विष्फोटक सुरुवात दिलाए। उनले मात्र २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाए। अभ्यास खेल भएकाले अर्धशतक प्रहार गरेपछि उनी ‘रिटायर्ड आउट’ भएर पेभिलियन फर्किएका थिए। अर्का ओपनर कुशल भुर्तेल १२ रनमा आउट भए पनि मध्यक्रममा सन्दीप जोराले सम्हालिएर ब्याटिङ गरे। जोराले ३० बलमा ४ चौका…

Read More

२२ माघ,  २०८२ । काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र देखिएको विवाद अब अन्त्य भइसकेको बताएको छ। पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले पार्टी एकताबद्ध भएर आगामी चुनावमा सक्रिय भइसकेको जानकारी दिए। चालिसेले नयाँ नेतृत्व आएपछि अन्य पार्टीबाट प्रवेश गर्ने तथा निष्क्रिय रहेका सदस्यहरू पनि पार्टीमा फर्किन थालेको उल्लेख गरे। उनले निर्वाचन आयोगलाई जानकारी गराउँदै भने कि अन्य दलहरूले चुनावी गतिविधिमा बालबालिका प्रयोग गरेको सूचनासमेत पार्टीलाई प्राप्त भएको छ। साथै, प्रवक्ताले विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य माध्यममा अमर्यादित टिप्पणी र धृणास्पद अभिव्यक्ति दिनुले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिग्रने भएकाले कांग्रेस त्यसबारे सचेत रहेको बताए।

Read More

२२ माघ, २०८२ । काठमाडौं – काठमाडौं महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । कानुन तथा मानव अधिकार विभागले सो सूचना जारी गरी उक्त जानकारी गराएको हो । सूचनामा भनिएको छ – काठमाडौं महानगरपालिका, न्यायिक समितिबाट घर कोठा खाली गर्ने भनी भएका निर्णयमध्ये सहकारीले बहालमा लिएका घर कोठा खाली गर्नेसम्बन्धी मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकमा भएको निर्णय अनुसार यो सूचना प्रकाशन गरिएको छ । कामपा सहकारी विभागका प्रमुख महेशकुमार काफ्लेकाअनुसार सूचनामा विवरण भएका सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा संस्थाका सदस्यले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र कामपाका, कानुन तथा मानव अधिकार…

Read More