Author: eKhasyauli.com
काठमाडौँ — फिल्म ‘बुकी’मा समावेश ‘तिमी मै संग भई राख है’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा गायक देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्कीको अभिनय देखिन्छ । देवेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको गीतमा दीपक शर्मा र एचबीएन किस्मतको संगीत छ । ‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुतिमा निर्माण भएको फिल्ममा देबेन्द्र र रोशनीसँगै अभिनेत्री सुरक्षा पन्त, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतको अभिनय छ । फिल्मको छायांकन काठमाडौं, पोखरा र विशेषगरी बाग्लुङको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो । लक्ष्मण सापकोटा, अमिषा थापा कौचा, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा…
महिलामा महिनावारी किन र कसरी हुन्छ ? वृश्चिका पराजुली दक्षिण एसियाका हिन्दू बाहुलय समाजमा महिनावारीलाई परम्परागत रूपमा अशुद्ध वा कलंक मानिने चलन छ। नेपालका ग्रामीण क्षेत्रमा महिनावारी भएकी महिलाहरूलाई परिवारको मुख्य घरमा बस्न नदिई अलग झुप्रो (छाउपडी)मा बस्न बाध्य पारिन्छ। युनेस्कोको अध्ययनअनुसार नेपालमा करिब ८९% महिलाहरूले महिनावारीका दिन कुनै न कुनै प्रतिबन्ध भोग्ने गरेका छन् । महिनावारीका बेला लगभग ६०% महिला घरमा परिवारसँगै नबसी अलग बस्न बाध्य छन् । यस्ता विभेदको कारण महिलाहरू विद्यालय, कामकाज वा सार्वजनिक ठाउँबाट अलग्गिन्छन्। उदाहरणका लागि, सामाजिक कलंकका कारण पुरुषहरूले महिलालाई छुन नमिल्ने, खाना पकाउन नदिने, मन्दिर जान नदिने जस्ता कडाइ गरिएको पाइन्छ । यी अभ्यासहरूका पछाडि कुनै वैज्ञानिक…
१५ माघ, २०८२ काठमाडौँ – वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकहरुले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। २० बैंकहरुमध्ये ११ बैंकको नाफा बढेसँगै समग्र नाफा साढे ११ प्रतिशत बढ्न पुगेको हो। नबिल बैंकले कमायो सर्वाधिक नाफा चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा नबिल बैंक लिमिटेडले सबैभन्दा बढी नाफा कमाएको छ। सो बैंकले…
माघ १५, २०८२ काठमाडौँ । काठमाडौँका हर्क लामा (नाम परिवर्तन)का लागि ११ कात्तिक २०८२ को बिहान एउटा सामान्य दिन जस्तै सुरु भएको थियो । तर, उनको टेलिग्राममा आएको एउटा मेसेजले उनको जीवनमा यस्तो आर्थिक तुफान ल्यायो, जसले हेर्दाहेर्दै ७० लाख ७० हजार ७४३ रुपैयाँ स्वाहा पारिदियो । हर्क त केवल एक प्रतिनिधि पात्र मात्र हुन् । काठमाडौँ जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोग पत्र अनुसार, हर्क जस्तै ५८ जना नेपालीहरू एउटै सङ्गठित गिरोहको चङ्गुलमा फस्न पुगे । जसबाट उनीहरूको कुल ७ करोड ३३ लाख ९४ हजार ४०४ रुपैयाँ ठगिएको छ । यो कुनै सामान्य ठगी थिएन । यो…
१५ माघ, २०८२ पोखरा – पोखरामा माघ १८ गतेदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा हुने अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । माघ १८ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १२ विद्यालयले सहभागिता जनाउँदैछन् । जसमा आयोजक प्रतिभा माविसहित कुमुदिनी होम्स मावि गैह्रापाटन, ग्लोबल कलेजियट स्कुल…
१५ माघ, २०८२ विराटनगर – आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको खर्चको सीमा र बैंक खाता सम्बन्धी प्रावधानप्रति साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले असन्तुष्टि जनाएका छन् । बिहीबार विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वपक्षीय छलफलमा उम्मेदवारहरूले आफूहरूसँग चुनाव लड्ने पैसा नै नभएको भन्दै बैंक खाता खोल्ने र खर्च विवरण बुझाउने प्रक्रिया झन्झटिलो भएको गुनासो गरे । छलफलमा मोरङ क्षेत्र नंम्बर ६ का स्वतन्त्र उम्मेदवार उत्तम दाहालले आफूले चुनावमा एक रुपैयाँ पनि खर्च नगर्ने बताए । उनले भने, ‘आयोगले कति खर्च गर्नुहुन्छ भनेर सोध्छ, तर मसँग खर्च गर्न पैसा छैन । मलाई जनताले उठाएका हुन् ।’ जनमत पार्टीका…
१५ माघ, २०८२ पोखरा – हिमपातले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रसँग सदरमुकामको सम्पर्क पूर्णरुपमा टुटेको छ । बाक्लो हिमपातले अहिले कागबेनीबाट माथि जाने अवस्था नरहेको स्थानीय प्रशासनले बताएको छ । मुक्तिनाथ क्षेत्रसम्मको आउजाउ समेत सकसपूर्ण बनेको प्रशासनको भनाई छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार लोमान्थाङ क्षेत्रमा बाक्लो हिउँ जमेको छ । घरको छानोमा करिब २ फिटसम्म हिउँ जमेको उनले बताए । ‘घाम लागेको भएपनि आउजाउ सहज छैन । हिउँ पग्लिन पाएको छैन । घाम लागेको भएपनि हिउँ पग्लिन अझै केहीदिन लाग्छ,’ उनले भने, ‘बाटोमा पनि डेढफिट सम्म बाक्लो हिउँ जमेको छ ।’ जाडो छल्न माथिल्लो…
१५ माघ, २०८२ काठमाडौँ -नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट आन्दोलनबारे आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बताएका छन्। सबै कम्युनिस्ट पार्टीबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता गर्ने भन्दै उनले मालेमाओवादी पार्टीको सुदृढीकरण नै पार्टीको मूल नीति रहेको उल्लेख गरेका छन्। उनले चुनावी मोर्चामा सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दागर्दै थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र भएको बताए। बुधबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकतामा आउन आग्रह गरेकोप्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत उनले भने, ‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा…
माघ १४, २०८२ बुटवल – राष्ट्रिय जनमोर्चाले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गर्ने दल जनमोर्चा पहिलो बनेको छ। बुधबार बुटवलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष चित्रबहादुर केसी, कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष दुर्गा पौडेल र जनकराज शर्मा तथा महासचिव मनोज भट्टले घोषणा पत्र प्रस्तुत गरे। घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले विगतका गल्ती आगामी चुनावमार्फत सच्याउनुपर्ने बताए।जनताले दलको घोषणा पत्र नहेरी हल्लाका भरमा भ्रष्ट र जनविरोधी व्यक्ति तथा पार्टीलाई जिताउँदा देश र जनताले दुःख पाएको केसीले बताए। उनले देशमा अहिले विदेशी चलखेल गम्भीर…
१४ माघ काठमाडौं – आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र छैटौं स्थानमा उक्लिएका हुन्। यसअघि उनी आठौँ स्थानमा थिए। वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा छन् भने दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन्।
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
